single head

पिसपार्क टोलकाे एकल तीज गीत नृत्य प्रतियोगिता सम्पन्न/ सिम्रन सुबेदी प्रथम, सरिना केसि द्धितिय

single post top 1

गैडाकोट । हरितालिका तीज पर्वको अवसरमा पिसपार्क टोल विकास संस्थाले एकल तीज गीत नृत्य प्रतियोगिता गरेको हो ।
गैंडाकोट वडा नम्बर ७ पिपलचोकमा मंगलबार भएको प्रतियोगितामा सिम्रन सुबेदीले प्रथम स्थान हासिल गर्नुभएको छ। त्यस्तै सरिना केसिले दोस्रो स्थान हासिल गर्नुभएको छ भने दिपा हमालले तृतीय स्थान हासिल गर्नुभएको छ। त्यस्तै प्रतियोगितामा दुर्गा सापकोटा,बिद्या भुषाल,सानुमाया सापकोटा र अन्जना कुमालले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।

single p1

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियागीलाई नगद रु ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वनालाई १÷१ हजार नगद प्रदान गरिएको संस्थाको अध्यक्ष नामकुमारी सापकोटाले बताउनुभयो। अध्यक्ष सापकोटाले हरितालिका तीजको सांस्कृतिक पक्षको बारेमा नयाँ पुस्तामाझ उजागर गर्ने उद्देश्यले तीजगीत नृत्य प्रतियोगिता गरिएको बताउनुभयो । सापकोटाले आफ्नै मौलिक संस्कृतिलाई हाम्रै चौतारीमा कार्यक्रम गरेर मनाउँदा निकै खुसी मिलेको बताउनुभयो । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो।

single p2

कार्यक्रममा गैंडाकोट वडा नम्बर ७ का वडाअध्यक्ष होमनाथ सापकोटाले महिलाहरुको शक्ति, सद्भाव, स्वतन्त्रता र वेदनाको पर्व तीजले सम्पूर्ण महिलाहरुको जीवनमा सकारात्मक उर्जा थप्ने बताउनुभयो । वडा अध्यक्ष सापकोटाले भन्नुभयो “तीजको दिन कार्यक्रम हेर्न कहाँ जाने भन्दै सोच्नुपर्ने बेला पिपलचोकमा कार्यक्रम गरेर निकै राम्रो गरेको बताउनुभयो ।
कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनका सचिव वीरभद्र सापकोटा ,नारायणी सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष नेत्रराज सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

एकल तीज गीत नृत्य प्रतियोगिताको निर्णायक संयोजकमा शत्रुधन गिरी रहनुभएको थियो भने सदस्यमा रोहित शर्मा हुनुहुन्थ्यो।
कार्यक्रममा वडावासीहरू, टोलबासी लगायत विभिन्न शैक्षिक व्यक्ति, समाजिक, धार्मिक व्यक्ति तथा  महिला दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण कालिका नमुना माविका शिक्षक विमर्श पौडेलले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3