spot_img

Wednesday, October 8, 2025

वेष्टर्न एड्भान्स कलेज गैँडाकोटमा भर्ना खुल्यो .  सिविल इन्जिनियरिङ र व्यवस्थापन संकाय अन्तर्गत  कक्षाहरू सञ्चालन

गैँडाकोट । नवलपुर गैँडाकोट १ मा अवस्थित वेष्टर्न एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्ट कलेजले  सिविल इन्जिनियरिङ र व्यवस्थापन संकाय अन्तर्गत  कक्षाहरू सञ्चालन गरिरहेको छ । कलेजले सञ्चालन गर्ने व्यवसाय प्रशासन स्नातक  (बिबिए) तर्फ  व्यवस्थापन, वित्त, बजार व्यवस्थापन, मानव संसाधन र उद्यमशीलता जस्ता विषय समावेश रहेका छन  भने सिभिल इन्जिनियरिङ तर्फ  संरचनात्मक डिजाइन, निर्माण व्यवस्थापन र परियोजना–आधारित व्यवहारिक शिक्षामा विशेष ध्यान दिइने कलेजले बताइएको छ।

यस कलेजमा विविएका लागि ३३ वटा कोटा रहेछन र विइ सिविल इन्जिनियरिङ तर्फ ४८ कोटामा पठनपाठन हुन्छ । दुबै कार्यक्रमका लागि भर्ना प्रक्रिया आरम्भ भएको आइतबार कलेजले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यस कलेजमा पढ्न इच्छुक विद्यार्थीका लागि १५ प्रतिशतसम्म छात्रवृत्तीको व्यवस्था मिलाइएको कलेजका शैक्षिक निर्देशक कमल तिवारीले बताउनुभयो । यसका लागि विद्यार्थीले सम्बन्धित पालिकाको सिफारिस बनाउनुपर्दछ ।

कलेजले विद्यार्थीहरूको समग्र विकासमा ध्यान केन्द्रित गर्दै, गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यस कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि कलेजले विद्यार्थीहरूको पेशागत विकासमा जोड दिने कलेजका प्रमुख, इन्जिनियर राजन सापकोटाले बताउनुभयो ।   उद्योगसँगको सहकार्यमा इंटर्नशिप र प्लेसमेन्ट अवसरहरू प्रदान गरिने सापकोटाको भनाइ छ


शिक्षण कार्यका लागि आधुनिक प्रविधिसँग सुसज्जित कक्षाहरू, आधुनिक प्रयोगशाला, पुस्तकालय लगायतको सुविधा सहित पठनपाठन गराइने कलेजले जनाएको छ । कलेजमा चार वर्षे (आठ सेमिस्टर) भएको बिबिएको पूर्ण शुल्क चार लाख ५५ हजार रुपैयाँ तथा बिईको पूर्ण शुल्क सात लाख रुपैयाँ रहेको तिवारीले बताउनुभयो ।

शैक्षिक सत्र २०८१ मा यस कलेजमा विविए तर्फ ८० प्रतिशत र विइ तर्फ ४० प्रतिशत भन्दा बढी परीक्षार्थी उत्तीर्ण हुन सफल भएका थिए। यस्तै, निकट भविष्यमै बीएससी सीएसआइटी, बिएचएम, बिआइटी र एमबिए कार्यक्रम सञ्चालन गर्ने तयारी भइसकेको प्राचार्य राजन सापकोटाले जानकारी दिनुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :