spot_img

Friday, July 11, 2025

धान खेतीमा लाग्ने रोग ,किराको पहिचान एवं रोकथाम र ब्याड व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

गैंडाकोट (नबिन सुबेदी)। धान खेतीमा लाग्ने रोग ,किराको पहिचान एवं रोकथाम र ब्याड व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न  सम्पन्न भएको छ ।

श्री विनायक कृषि सहकारी संस्था लिमिटेड गैंडाकोटको आयोजनामा शनिबार अमरापुरी बिक्री केन्द्रको सभाहलमा   “धान खेतीको ब्याड व्यवस्थापन तथा धानमा लाग्ने रोग किराको पहिचान एवं रोकथामका उपाय” विषयक एक दिने प्रशिक्षण कार्यक्रम भएको हो  ।
कार्यक्रम कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत विश्वास काफ्लेको प्रमुख आतिथ्यतामा भएको हो भने कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष तिलक प्रसाद कंडेलले गर्नुभएको थियो ।


प्रमुख अतिथि काफ्लेले धान खेतीमा देखिने प्रमुख समस्याहरूको वैज्ञानिक समाधान र ब्याड व्यवस्थापनको महत्त्वमाथि प्रकाश पार्दै, कृषकहरूलाई रोग र कीराको समयमै पहिचान गरी उचित नियन्त्रण विधि अपनाउन सुझाव दिनुभयो।
अध्यक्ष कंडेलले सहकारीले किसानको हितमा आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तैगरी गैडाकोट नगरपालिका वार्ड नं १४ का वडाध्यक्ष कोकिसरा राना मगरले विनायक कृषिले धान खेतीको ब्याड व्यवस्थापन तथा धानमा लाग्ने रोगकिराको पहिचान एवं रोकथामका उपाय” विषयक एक दिने प्रशिक्षण कार्यक्रमले कृषकहरूलाई निकै फाईदा र लाभदायक भएको बताउनु भयो ।

कार्यक्रममा कृषक समूह र शेयर सदस्यहरू गरी ७० जना कृषकहरूको सहभागिता रहेको थियो । तालिममा सहभागी कृषकहरूले खेतको ब्याड व्यवस्थापन, पानीको निकास, मल व्यवस्थापन, र विभिन्न रोग तथा कीराको पहिचान एवं जैविक तथा रासायनिक नियन्त्रण विधिका बारेमा  जानकारी प्राप्त गरेका थिए  र तालिम अत्यन्त जानकारीमूलक र उपयोगी भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम दोहोरिनुपर्नेमा जोड दिएका थिए ।

तालिम वर्तमान सञ्चालक समिति सदस्य एवं संस्थापक अध्यक्ष तथा तालिम संयोजक गोविन्द प्रसाद सापकोटा संयोजनमा भएको थियो । कार्यक्रममा कोषाध्यक्ष तेजेन्द्र चालिसे, सहसचिव बालकृष्ण चापागाई, सदस्य गीता न्यूरे, हर्कपुर बिक्री केन्द्र संयोजक बाबुराम रिजाल, सदस्य बालकृष्ण देवकोटा, शिक्षा समिति सदस्य शोभाखर सुवेदी, अमरापुरी बिक्री केन्द्र संयोजक कमला शर्मा कँडेल, व्यवस्थापक वसन्त पौडेल ,अमरापुरी बिक्री केन्द्रका कर्मचारी हरि सुवेदी, हर्कपुर बिक्री केन्द्रका कर्मचारी गङ्गा शर्मा गौतम र कुसुम भण्डारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण संस्थाका सचिव लक्ष्मीदत्त सापकोटा –लीला)ले गर्नुभएको थियो

 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार