प्रधानमन्त्री केपी शर्मा ओलीको २२ सदस्यीय सरकारमा १० जना नयाँ अनुहार बाँकि पुरानै अनुहार

khelkud bottom

असार ३१, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको २२ सदस्यीय सरकारमा १० जना नयाँ सांसदले मौका पाएका छन् ।

प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये १० जना पहिलोपटक मन्त्री बनेका हुन् । ११ जना पुराना छन् । कांग्रेसबाट आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलोपटक मन्त्री बनेका छन ।

Article Inline 2

राणा परराष्ट्र, चौधरी युवा तथा खेलकुद, पौडेल स्वास्थ्य तथा जनसंख्या, पाण्डे पर्यटन, अधिकारी कृषि र शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।

एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता गरी चार जनालाई पहिलोपटक मन्त्री बनाएको छ । दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

प्रधानमन्त्री ओलीले नियुक्त गरेका अन्य मन्त्रीहरू भने अनुभवी छन् । प्रकाशमान सिंह,विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रमेश लेखक, दीपक खड्का, अजय चौरसिया,शरतसिंह भण्डारी,नवलकिशोर साह सुडी, प्रदीप यादव, बलराम अधिकारी र दामोदर भण्डारी पहिले पनि मन्त्री बनेका अनुभवी छन् ।

नवनियुक्त प्रधानमन्त्री र मन्त्री

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली ,उपप्रधान मन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल , सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारी, परराष्ट्रमन्त्री डा. आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी ,

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :