single head

करोडौँ जनताको हृदयमा बसिसकेकोले सङ्घीय सरकारले केजरीवाललाई लामो समयसम्म हिरासतमा राख्न सक्दैन।

single post top 1
under rastriya

चैत १८ ,नयाँदिल्ली । दिल्लीको मदिरा नीति प्रकरणमा आफ्ना पतिलाई पक्राउ गरिएको विषयमा भइरहेको विरोध प्रदर्शन र राजनीतिक खिचातानीका बिच दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले विरोध सभालाई आइतबार सम्बोधन गर्दै केजरीवाल लामो समयसम्म जेलमा बस्नु नपर्ने बताउनुभएको छ।

single p1

मुख्यमन्त्री केजरीवालको पक्षमा समर्थन जुटाउन आम आदमी पार्टी (आप), विपक्षी दलहरूको गठबन्धन (इन्डिया) र उसका साझेदारहरूको शक्ति प्रदर्शनमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सुनिताले भन्नुभयो, “केजरीवाल देशभरका करोडौँ जनताको हृदयमा बसिसकेकोले सङ्घीय सरकारले उहाँलाई लामो समयसम्म हिरासतमा राख्न सक्दैन।”

Article Inline 2

दिल्लीका मुख्यमन्त्री हाल मदिरा नीतिसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा हुनुहुन्छ। उक्त मुद्दा अनुसन्धानका लागि उहाँलाई १ अप्रिल (सोमबार) सम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको छ।

उहाँले भन्नुभयो, “केजरीवालले जुन दृढ सङ्कल्प र साहसका साथ लड्नुभएको छ, यसले भारतीय स्वतन्त्रताका लागि सङ्घर्षका क्रममा अन्तिम बलिदान दिएका स्वतन्त्रता सेनानीको सम्झना गराउँछ।”

सभालाई सम्बोधन गर्दै उहाँले आगामी लोकसभा चुनावमा सत्तामा आएमा विपक्षी गठबन्धनले पूरा गर्ने बताएका छ वटा बाचा पढेर सुनाउनुभएको थियो।

विपक्षी गठबन्धनले देशभर २४ सै घण्टा बिजुली आपूर्ति, गरिबका लागि निःशुल्क विद्युत सेवा, प्रत्येक इलाका÷गाउँमा राम्रो सरकारी विद्यालय, स्वामीनाथन आयोगको प्रतिवेदन अनुसार किसानको सहयोगका लागि लागि न्यूनतम समर्थन मूल्य र दिल्लीलाई पूर्ण राज्यको दर्जा प्रदान गर्नु समावेश छ। केजरीवाललाई ईडीले २१ मार्चमा मदिराको अन्तः शुल्क नीतिसम्बन्धि मुद्दामा घण्टौँ लामो सोधपुछपछि गिरफ्तार गरेको थियो।

आइतबार सबै प्रमुख विपक्षी नेता रामलीला मैदानमा मञ्चमा भेला भएर केजरीवालको गिरफ्तारीको विरोध गरेका थिए।

महार्‍यालीलाई सम्बोधन गर्दै आम आदमी पार्टीका वरिष्ठ नेता तथा दिल्लीका मन्त्री गोपाल रायले वर्तमान मुख्यमन्त्री केजरीवाललाई मदिरा नीति प्रकरणमा पक्राउ गर्नुपर्ने कारणबारे प्रश्न उठाउनुभएको थियो।  रासस/एएनआई

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

[sprasasocial]

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3