एसीसी वुमन्स प्रिमियम कपको सेमिफाइनल खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

photo feature

 फागुन ४, काठमाडौँ। एसीसी वुमन्स प्रिमियम कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे बायोमास ओभलमा सुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

एसिया कपमा वुमन्स प्रिमियम कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का हुनेछन् । नेपालले क्वाटर फाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।

Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :