single head

गैँडाकोट पम्पिङ स्किम खानेपानी संंस्थाको नव निर्वाचित कार्यसमितिले लिए शपथ

single post top 1

गैँडाकोट । पूर्वी नवलपरासी गैडाकोटमा रहेको गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संंस्थाको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । गैँडाकोट ४ संस्थाको सभाहलमा एक कार्यक्रमकाबीच निर्वाचन समितिका संयोजक जनकराज ढुंगानाले शपथ ग्रहण गराउनुभएको हो ।

single p1
ad

 

single p2

अध्यक्ष कृष्णप्रसाद न्यौपानेले नवनिर्वाचत अध्यक्ष बिपिनभक्त अधिकारीलाई निर्णय पुस्तिका हस्तान्तरण तथा  सचिव केशवराज शर्माले नवनिर्वाचत सचिव दामोदर तिवारीलाई माईन्युट हस्तान्तरण गरेर पद हस्तान्तरण गर्नुभएको हो ।

गैडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारीले खानेपानी सदस्यहरु सँग प्रत्यक्ष जोडिएको बिषय भएकोले शुद्ध खानेपानी खुवाउन खटेर लाग्न नवनिर्वाचत समितिलाई आग्रह गर्नुभयो ।

नवनिवर्नचित अध्यक्ष बिपिनभक्त अधिकारीले उपभोक्तालाई शुद्ध स्वच्छ र सुलभ मुल्यमा खानेपानी उपलब्ध गराउन सबैसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा खानेपानी संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद न्यौपाने, निवर्तमान सचिव केशवराज शर्मा,  निर्वाचन सहजिकरण परामर्श समिति सदस्य बद्री सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

निर्वाचन समितिका संयोजक जनकराज ढुगांनाको अध्यक्षतामा भएको कार्यक्रम निर्वाचन समितिका सदस्य दोलराज पाण्डेले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण निर्वाचन समितिका सदस्य रमेश काफ्लेले गर्नुभएको थियो ।

कार्यक्रममा निर्वाचन सहजिकरण समिति सदस्य कृष्ण कंडेल, प्रकाश अधिकारी,जलुके खानेपानिका अध्यक्ष जगन्नाथ पौडेल लगायतको उपस्थित रहेको थियो ।

गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वको अध्यक्ष पदमा विपिनभक्त अधिकारी, उपाध्यक्ष पदमा कृष्णप्रसाद काफ्ले, सचिव पदमा दामोदर तिवारी, कोषाध्यक्ष पदमा श्रीराम सुवेदी, सहसचिवमा रुद्रबहादुर थापा, लेखा संयोजकमा भोजेन्द्र पौडेल  निर्ववाचित हुनुभएको थियो।   तेस्तै लेखा सदस्यहरूमा विष्णु सापकोटा रिमाल र सन्तबहादुर श्रेष्ठ विजयी हुनुभएको हो । त्यस्तै महिला सदस्यतर्फ तिर्सना अधिकारी, पद्मादेवी शर्मा सुवेदी, पार्वती पोखरेल र लक्ष्मी पाण्डे घिमिरे निर्वाचित भएका छन्। यस्तै क्लस्टर संयोजकमा १ बाट अर्जुन पराजुली, २ बाट नारायण घिमिरे, ३ बाट वेद बन्धु रेग्मी, ४ बाट धनप्रसाद सापकोटा, ५ बाट वेद प्रसाद गौडेल र ७ बाट सरस्वती न्युरे निर्वाचित हुनुभएको  छ भने क्लस्टर ६ का सुन्दर कुमार खड्का र ८ का छबिलाल शर्मा निर्विरोध निर्वाचित हुनुभएको थियो । तेस्तै नव निर्बाचित क्लस्टर सदस्यहरुले पनि सपथ लिएका थिए .

संस्थाले भूमिगत जलस्रोतलाई आधुनिक प्रविधिमार्फत सतहबाट तानेर गैँडाकोटका हजारौँ उपभोक्तालाई २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको छ । नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको गरिमा कायम राख्दै उपभोक्तामुखी सेवा, पारदर्शी व्यवस्थापन तथा गुणस्तरीय खानेपानी आपूर्तिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3