single head

जयश्री फुड्स र जयश्री च्यारिटीको आयोजनामा यहि वैशाख २९ गते बृहत रक्तदान हुदै

single post top 1

गैँडाकोट । जयश्री फुड्स प्रा.लि. एवं जयश्री च्यारिटी नेपालले यहि वैशाख २९ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।

single p1

जयश्री फुड्स प्रा.लि.गैँडाकोट ९ को प्राङ्गणमा वैशाख २९ गते शनिबार बिहान ६ः३० बजेदेखी रक्तदान कार्यक्रमको आयोजना गरिएको जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जानकारी दिनुभयो । बढ्दो रक्तअभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले उद्योग स्थापना भएको ११ औँ वर्ष पुरा गरी १२ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यसअघि पनि जयश्री फुड्स तथा च्यारिटी नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ पटक सम्म रक्तदान कार्यक्रम गरिसकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ जयश्री उद्योग र च्यारिटीले सामाजिक उत्तरदायित्व भुलेको छैन, रक्त अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनि यसलाई निरन्तरता दिन लागेका हौँ ।”

single p2

रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गरी मानवीय सहयोग जस्तो पुण्य कार्यमा सरिक भइदिनहुन योग्य रक्तदातालाई जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले आग्रह गर्नुभएको छ ।

यस गर्मीयाममा चितवन, नवलपुर तथा देशैभर भएको रक्त अभावलाई केही हदसम्म भएपनि यसले रगत पूर्ति गर्ने विश्वास लिइएको छ । जयश्री फुड्सले यसअघि पनि नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, ब्लड बैंक, गैँडाकोट ९ स्थित नवजागरण ग्रामिण विकास केन्द्रको सहयोगमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।

‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित व्यवसायी पवनकुमार अग्रवालले उद्योग र च्यारिटी दुवै सञ्चालन गर्नुभएको हो । ६ वर्षअघि २०७५ सालमा काठमाडौँ महानगरपालिकामा दर्ता भएको जयश्री च्यारिटी नेपाल गैरनाफामुलक सामाजिक संस्था हो । यसले कोभिडका बेला गरिएको लकडाउनका समयमा देशका विभिन्न स्थानमा राहत वितरण गर्नुका साथै मठ मन्दिर निर्माण, विकासका कार्यमा हातेमालो, स्कुलमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, असहाय व्यक्तिलाई सहयोग गर्ने लगायतका कार्य गर्दै आईरहेको छ । जयश्री उद्योगले चामल, चिउरा, सोयाबिन लगायतका खाद्य सामग्री उत्पादन गर्दै आएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3