single head

हेटौँडामा अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा

single post top 1

हेटौँडा । वागमती प्रदेशको राजधानी मकवानपुर हेटौँडामा अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा आएको छ । गुणस्तरीय अब्बल स्वास्थ्य सेवा दिंदै आएको चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियान अन्तर्गत हेटौँडा स्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो ।

single p1

‘गाउँ–गाउँ ठाउँको ठाउँ उपचार सेवा’ भन्ने अभियानलाई आत्मसाथ गर्दै हस्पिटल मर्ज गर्दै अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालन गरेको चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्साललले जानकारी दिनुभयो । चितवन मेडिकल कलेजले ६० प्रतिशत शेयर लिएर नयाँ व्यवस्थापन सहित अस्पताल सञ्चालनमा ल्याएको यहँलृे जानकारी दिनुभयो ।
१५ बेडको आकस्मिक सेवासहित मर्जपछि २५ बेडको चुरेहिल हस्पिटललाई एक सय बेडमा विस्तार गरिने उहाँले बताउनुभयो । गएको भदौ ७ गते हस्ताक्षर गरी मर्ज गरेको हस्पिटलको बुधबार एक भव्य समारोहका बीच शुभारम्भ गरिएको हो ।

single p2

चितवनका स्वास्थ्य संस्थाले मकवानपुरलाई आफ्नो सेवा क्षेत्रको रुपमा लिँदै आएको सन्दर्भमा चितवन मेडिकल कलेजले चुरेहिल हस्पिटलसँग मर्जरनै गरेर सेवा विस्तार गर्ने योजना मकवानपुरको स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण सावित भएको चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा.हरिश्चन्द्र न्यौपानेको विश्वास छ ।

चौबिसैघण्टा विशेषज्ञसहित यहाँ जुनसुकै जटिल अप्रेशनदेखि जटिल प्रसुति सेवाको लागि चितवन, काठमाडौँ रिफर गर्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाई छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3