single head

पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई ,डा. शशांक कोइरालाको आग्रह

single post top 1

साउन १३ ,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ।

single p1

आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो। पार्टीका पूर्व महामन्त्री समेत रहनुभएका कोइरालाले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो।

single p2

उहाँले सभापति देउवाले उपनेता किन चयन नगरेको भन्दै प्रश्न गर्नुभयो। पार्टीका सिनियर नेतामध्येबाट उहाँले संसदीय दलको उपनेता बनाउनुपर्ने  कोइरालाको भनाइ थियो। उहाँले आफूलाई सो जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताउनुभयो।

नेता कोइरालाले भन्नुभयो, ‘‘उपनेता त उहाँले चयन गर्नुपर्ने हो। मलाई पनि लाग्छ– उपनेता बनाउनुपर्छ। उपनेता हुनुपर्छ। तर किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला। त्यो किन बनाउनु भएन भनेर उहाँलाई नै सोध्नुपर्छ ? मलाई यसको बारेमा थाहा भएन।

बनाउनुपर्ने हो। किन बनाउनु भएन ?। म त आकाङ्क्षी होइन। तर बनाउनु हुन्छ भने त अब मैले नाइँ भन्दिन। तर उहाँले उपयुक्त व्यक्तिलाई बनाउनु पर्छ। सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ।’’ नेता कोइरालाले सिनियर नेतालाई पार्टी संसदीय दलको उपनेता बनाउनुपर्ने पनि बताउनुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3