single head

नेपाल–पाकिस्तान मैत्री पार्क सञ्चालनमा

single post top 1

जेठ २५, काठमाडौँ। काठमाडौँस्थित पाकिस्तानको दूतावासले नेपाल–पाकिस्तान मैत्री पार्क निर्माण गरी सञ्चालनमा ल्याएको छ। खुला चौरमा जिमखानासहित काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा निर्माण गरिएको पार्क शुक्रबार उद्घाटन र हस्तान्तरण गरिएको नेपालका लागि पाकिस्तानको दूतावासले जनाएको छ।

single p1

हस्तान्तरण कार्यव्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले काठमाडौँमा पाकिस्तान–नेपाल मैत्री पार्क सञ्चालनका लागि बुढानीलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौँ र एचआरएस एडभेन्चर लिमिटेडसँगको साझेदारी रहेको बताउनुभयो।

single p2

यस कार्यका लागि सहयोग गर्ने सामुदायिक कार्यकर्ता, सामाजिक कार्यकर्ता र सबैलाई धन्यवाद दिँदै उक्त पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीक रहने चर्चा गर्दै उहाँले यसले पाकिस्तान र नेपालका जनताबिच रहेको बलियो सम्बन्धलाई झल्काउने बताउनुभयो।

राजदूत हास्मीले पाकिस्तान र नेपालको द्विपक्षीय सम्बन्ध विश्वास, पारस्परिक सम्मान र सांस्कृतिक आदानप्रदान र शिक्षा, स्वास्थ्य, वातावरण र औषधि लगायतका विभिन्न क्षेत्रमा सहयोगका आधारमा जोडिएको उल्लेख गर्दै त्यसले मानवताको हितका लागि मिलेर काम गर्ने प्रतिबद्धतालाई झल्काउँने बताउनुभयो। ओपन एयर जिम सुविधाका सामग्री बालबालिका तथा वृद्धवृद्धाले आफ्नोको स्वास्थ्यको हितका लागि प्रयोग गरिने बताइएको छ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3