spot_img

Tuesday, April 21, 2026

नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्ने

जेठ ४, काठमाडौँ ।   नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्ने भएको छ। संघीय संसद नयाँ बानेश्वरको ल्होत्से हलमा शुक्रबार बिहान संसदीय दल बैठक बसेको छ। यो बैठकपछि कांग्रेसले सदनमा रहेका विपक्षी दलहरूसँग छलफल गर्न लागेको हो।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार विपक्षी दलहरूलाई छलफलका लागि टेलिफोन गरेर बोलाइएको छ।

कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई छलफलका लागि बोलाएको छ।

संसदीय छानबिन समिति गठन नगरेसम्म कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध जारी राख्ने बताएको छ।प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :