single head

ट्रेड युनियन आन्दोलन लोकतान्त्रिक आन्दोलनको पुरुक आन्दोलन – सह- महामन्त्री बद्रि पाण्डे

single post top 1

बैशाख,१९ चितवन । अन्तराष्ट्रिय श्रमिक दिवस आज बिबिध कार्यक्रम गरी संसारभर मनाईएको छ । नेपालमा पनि श्रमिक दिवसमा दशैभरी बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।

single p1

नेपाल ट्रेड युनियन काँग्रेस चितवनले१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज नारायणगढमा बृहत ¥याली एवं श्रमिक सभा सम्पन्न गरेको छ ।

single p2

कार्यक्रममा नेपली काँग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेले सभालाई सम्बोधन गर्दे बदलिदो परिवेशमा पनि ट्रेड युनियनले आफ्नो आवश्यकता र औचित्य पुष्टि गर्न सक्नुपर्ने बताएका थिए ।

कार्यक्रममा पाण्डले ट्रेड युनियन आन्दोलन लोकतान्त्रिक आन्दोलनको पुरुक आन्दोलन भएको भन्दै बिकासका लागि ट्रेड युनियन आन्दोलन लाई प्रोत्साहन गनुपर्ने बताए ।

उनले ‘ट्रेड युनियन र पाटीको सम्बन्ध प्रारम्भ देखि नै सुमधुर भएको र ट्रेड युनियन आन्दोलनलाई पाटीले फरक मोर्चाको आफ्नो आन्दोलनको रुपमा लिएको बताए ’।

बिपि कोईरालाले नेपाली काँग्रेसको बिधान निमार्ण गर्दा होस वा आफु प्रधानमन्त्रि भएको समयमा भित्तामा किसानको तस्वीर राख्ने निर्णय श्रमप्रतिको सम्मान भएको उनको तर्क थियो । बि.स. २००३ सालमा गिरिजाप्रसाद कोईरालाले बिराटनगर जुट मिलको आन्दोलनको शरुवात पनि श्रमजिबीको पक्षको बृहत्त एक्यवद्धता भएको अनुरोध गरे ।

बि.स. २०१६ सरकारले कारखान मजदुर ऐन होस या २०४८÷२०४९ सालमा ल्याएको श्रम ऐन÷ नियमावली ल्याएको कुरा सबैले बुझ्न आग्रह गरेका थिए । आजको सामाजिक सुरक्षा ऐन नेपाली काँग्रेसको सरकारको देन भएको बताए ।

श्रमीकका कुरालाई नेपाली काँग्ैसले सधैभरी प्रमुखता दिएका स्मरण गर्दै श्रमजिबीहरुका पक्षमा थप कार्यका लागि २०८४ को निर्वाचनमा बहुमत ल्याउने गरी कार्य गर्न समेत अनुरोध गरेका थिए ।

ट्रेड युनियन आन्दोलन लोकतन्त्रमा मात्र सम्भब छ भन्दै ट्रेड युनियन आन्दोलनलाई दवाएर लोकतान्त्रिक बन्न नसकिने बताए । हाल केहि अतिवादीहरुले ट्रेड युनियन आन्दोलनलाई बन्द गरेर लोकतन्त्रलाई बलियो बनाउने गफ गर्दै हिढ्न थालेको श्रमजिबीहरु चनाखो बन्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ्ग, जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीत नारायण श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष गणेश के.शी, केन्द्रिय सदस्यहरु धनश्याम चापागाई, सीता शर्मा पौडेल, पुर्व केन्द्रिय सदस्य लइमण भट्टराई लगायतले सबै श्रमजिबी र श्रमको सम्मान गर्न पर्ने कुरामा जोड दिएका थिए ।

क्याम्पाचौर नारायणबाट शुरु भएको ¥याली नारायणगढका बिभिन्न स्थान परिक्रम गर्दै उद्योग बाणिज्य संघ नारायणगढ पुगेको थियो । ¥यालीमा नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । ¥यालीपछी सभाको सभापतित्व नेपाल ट्रेड युनियन काँग्रेस चितवनका सभापति हरिहर सापकोटाले गरेका थिए ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3