single head

नेपालमा राकुटेन भाइबर सामाजिक सञ्जालका रूपमा सूचीकृत

single post top 1

चैत १ ,काठमाडौँ । अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ ।

single p1

सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्थाबमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिनुभयो ।

Article Inline 2

“निर्देशिकामा उल्लिखित सबै प्रक्रिया पूरा गरेर भाइबर सूचीकृत भएको हो,” उहाँले भन्नुभयो । भाइबरले नेपालका लागि तोकेको सम्पर्क व्यक्ति मन्त्रालयमा आएर सूचीकरणको प्रक्रियामा सामेल भएको उहाँले जानकारी दिनुभयो ।

भाइबर सूचीकरण भएसँगै नेपालमा अन्य सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियाले गति लिने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले स्न्यापच्याट, लिङ्क्डइन जस्ता सामाजिक सञ्जाल पनि सूचीकरणको प्रक्रियामा छन् । सूचीकृत हुन चाहने सामाजिक सञ्जाललाई भर्चुअल रूपमा पनि सूचीकरण गराउन सक्नेतर्फ मन्त्रालयले योजना बनाइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

नेपालमा सूचीकरण भएको भाइबर सन् २०१० मा इजरायलमा स्थापना भई साइप्रसमा दर्ता भएको कम्पनी हो । पछि सन् २०१४ मा जापानी कम्पनी राकुटेनले खरिद गरेर राकुटेन भाइबरका रूपमा सञ्चालन भइरहेको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

[sprasasocial]

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3