single head

स्थानीय उद्यमी र कृषि समूहले उत्पादन गरेको बस्तुहरूको कृषिमन्त्री डा. बेदुराम भुसाल द्वारा प्रदर्शनीको उद्घाटन

single post top 1

फागुन १ ,हेटौँडा, । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले हेटौँडा उपमहानगरपालिका परिसरमा आयोजना गरिएको प्रदर्शनीको उद्घाटन गर्नुभएको छ।

single p1

हेटौँडा उपमहानगरपालिका ५५ औँ नगर स्थापना दिवसको अवसरमा मङ्गलबार उपमहानगर परिसरमा कृषि सहकारी, स्थानीय उद्यमी र कृषि समूहले उत्पादन गरेको बस्तुहरूको प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। प्रदर्शनीमा हेटौँडा उपमहानगरपालिका १२ स्थित महिला कृषि समूहले उत्पादन गरेको गुन्द्रुकसँगै बाँस हस्तकला र काष्ठ हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको थियो।

single p2

यस्तै, गार्मेन्ट, कृषि उत्पादन, ढाकाका कपडा, अचार, तोफु, कोसेली सामान, फलफूलहरुलगायतका बस्तुहरू बिक्री तथा प्रदर्शनी गरिएको थियो। कार्यक्रममा मन्त्री भुसालले कृषिका लागि आवश्यक मल, बिउ, विषधी र सिँचाई सुविधामा समन्वय भएमा कृषि आर्थिक वृद्धिसँगै प्रगतिको प्रमुख आधार बन्ने बताउनुभयो। उहाँले आयातलाई प्रतिस्थापन गर्ने गरी कृषिको विकास आवश्यक भएको बताउँदै कृषि र पशुपालनमा प्रविधिको प्रयोग आवश्यक भएको बताउनुभयो।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले उपमहानगरले उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3