single head

थन्थाप गैँडाकोट समाजको तेस्रो वार्षिक साधारण सभा सम्पन्न / अध्यक्षमा तिलकप्रसाद कँडेल चयन

single post top 1

माघ ६,गैँडाकोट । थन्थाप गैँडाकोट समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन गैँडाकोटमा सम्पन्न भएको छ । गैँडाकोट ९ थुम्सी आइबीआईएस होटलमा भएको अधिवेशनले समाजको अध्यक्षमा तिलकप्रसाद कँडेललाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा शीब प्रसाद शर्मा, सचिवमा डिल्लिराज आचार्य, कोषाध्यक्षमा पद्मा सुवेदी, सह सचिवमा रामनाथ आचार्य, सदस्यहरुमा डम्मरबहादुर थापा, गणेश मल्ल ठकुरी, श्यामादेवी रेग्मी, लक्ष्मी आचार्य, दुर्गा शर्मा र पार्वती शर्मा चयन हुनुभएको निर्वाचन समिति संयोजक करुणासागर सुवेदीले जानकारी दिनुभयो ।

single p1

यसअघि कार्यक्रममा बोल्दै थन्थाप गैँडाकोट समाजका अध्यक्ष नरेन्द्रबहादुर खड्काले गैँडाकोटमा रहेका सबैलाई एकतावद्ध गराई समाजमा आवद्ध गराउँदै दुःख शुखमा सघाउ गर्ने हेतुले समाजको स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य कृष्ण पौडेल, गैँडाकोट नगरपालिकाका संस्थापक नगर प्रमुख छत्रराज पौडेल, संस्थापक अध्यक्ष कमल सुवेदी, बागलुङ गल्कोट गैँडाकोट समाजका अध्यक्ष कमल गौतम, छिस्ती चितवन नवलपुर सम्पर्क समाजका अध्यक्ष ज्ञानहरी पौड्याल, सल्लाहकार करुणा सागर सुवेदी, समाजसेवी काशिनाथ कँडेल, देवराज पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

single p2

वक्ताहरुले थन्थाप गैँडाकोट समाजका माध्यमबाट पुर्खाको पहिचान र सबैलाई गोलवद्ध भई कार्य गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए । सिकाइ आदान प्रदान गर्नुका साथै थातथलोको विकासमा पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रममा समाजका सचिव तिलकप्रसाद कँडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन सदस्य पदमा सुवेदीले र समाजका कार्य समिति सदस्य शिवप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम थन्थाप गैँडाकोट समाजका अध्यक्ष नरेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3