spot_img

Sunday, November 10, 2024

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोटको अध्यक्षमा गोविन्द सुवेदी चयन

भदौ ३०,गैँडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोटको अध्यक्षमा गोविन्द सुवेदी चयन हुनुभएको छ ।

शनिवार भएको संस्थाको ३३औँ वार्षिक साधारण सभाले सर्वसम्मत रुपमा सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा केदारनाथ न्यौपाने, सचिवमा केशवराज शर्मा, कोषाध्यक्षमा सकुन्तला न्यौपाने, सह सचिवमा जयकृष्ण सापकोटा चयन हुनुभएको छ ।

  • -advertisement-
  • -advertisement-

त्यस्तै सञ्चालक सदस्यहरुमा विष्णु पौडेल, केशव ढकाल, रोशन सापकोटा, नेत्रप्रसाद अधिकारी, मेघनाथ पौडेल, निर्मल न्यौपाने, शुभेच्छा दलि प्रधान, प्रमिला सापकोटा रहनुभएको छ ।

त्यस्तै लेखा सुपरीवेक्षण समिति संयोजकमा विष्णुप्रसाद शर्मा र सदस्यहरुमा वावुराम खनाल र राधा देवी आचार्य निर्वाचित हुनुभएको निवार्चन उपसमितिको संयोजक सुरेश पण्डितले जानकारी दिनुभयो । निवार्चन उपसमिति सदस्यहरुमा लिलाधर कंडेल र शुभाष चापागाईं रहनुभएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार