single head

नेपाली वैज्ञानिक डा.शिव सुवेदीलाइ “द जोन म्याडक्स प्राइज २०२४ को ‘जज कमेन्डेसन’ अवार्ड प्राप्त

single post top 1

काठमाडौं । नेपाली वैज्ञानिक डा.शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने द जोन म्याडक्स प्राइज २०२४ मा ‘जज कमेन्डेसन’ अवार्ड प्राप्त गर्नुभएको छ ।

single p1

बुधबार लण्डनमा आयोजना गरिएको एक समारोहमा उक्त अवार्ड घोषणा तथा प्रदान गरिएको थियो । भूकम्पविद्का रूपमा नेपालमा काम गरिरहनुभएका उहाँलाई नेपालमा भूकम्प चेतना जगाउन तथा भूकम्पको पूर्वतयारीको लागि अभियान चलाएवापत यो अवार्ड प्रदान गरिएको हो ।

single p2

डा.सुवेदीले नेपालमा भूकम्पबाट हुनसक्ने जोखिम कम गर्नको लागि भूकम्प शिक्षामार्फत उल्लेख्य काम गर्नुभएको छ । यो वर्षको अवार्डमा मनोनयमा छनोट भएका आठ जना बैज्ञानिकमध्ये विकाशोन्मुख मुलुकबाट मनोनयनमा पर्ने शिव एक्ला बैज्ञानिक हुनुहुन्थ्यो ।

हरेक वर्ष विश्वका विभिन्न वैज्ञानिकलाई प्रदान गरिने यो अवार्ड जोन म्याडक्सका नाममा प्रदान गरिन्छ । विज्ञान र वैज्ञानिक अनुसन्धानबाट प्राप्त प्रमाणमा आधारित नीतिको लागि आवाज उठाउने वैज्ञानिकलाई प्रदान गर्ने गरिएको छ । भनिएको छ, ‘यो पुरस्कार तिनीहरूले पाउँछन्, जसले चुनौती र जोखिमका बाबजुद पनि सार्वजनिक बहस गर्छन् । आफ्नो अनुसन्धान, बहस र विचारका माध्यमबाट नीति परिवर्तन गर्न सफल हुन्छ ।’

डा.सुवेदीले नेपालको भूकम्पमा अनुसन्धान, सचेतना तथा पूर्वतयारीका साथै सरकारले त्यसका लागि उपयुक्त नीति लिएर तयारी गर्नुपर्ने कुरामा निरन्तर आवाज उठाइरहनुभएको छ । डा.सुवेदी नेपालका चर्चित गीतकार तथा संगीतकार पनि हुनुहुन्छ, उहाँले लेखेका ‘घामजस्तो चम्किलो हुन हुँदैन, भुमरीमा परे भने म, किन यस्तो हुन्छ, भुल्ने भयो धौ, बाँचेको छु धन्न, नरोउ है आमा’लगायत दर्जनौ गीत लोकप्रिय छन् ।

हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भूकम्पविद्को रूपमा कार्यरत सुवेदीले संगीत र विज्ञानमा दुवै क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल हुनुभएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3