single head

गण्डकी बचत तथा ऋण सहकारीको ३५औँ वार्षिक साधारण सभा सम्पन्न

single post top 1

गैँडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार गैँडाकोट–२ स्थित श्रीराम पार्टी प्यालेसमा संस्थाको प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा सदस्य केन्द्रित सेवाका विषयमा छलफल गरिएको थियो।

single p1

साधारण सभामा  संस्थाका सक्रिय सदस्य ९७ वर्षीय रविलाल पोखरेलले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो भने पूर्व अध्यक्षहरुबाट बचतको प्रतिक स्वरुप खुत्रुकेमा रु ५०/- का नोटहरु राखि सहकारीमा बचत गर्ने कार्यमा ऐक्यबद्धता जनाउनु भएको थियो । संस्था ३३ वर्ष पुगेको अवसरमा ३३ वटा दियोमा दिप प्रज्वलन पनि गरिएको थियो ।संस्थाका संचालक सदस्य प्रमिला सापकोटा बाट गण्डकी आस्था वाचन गरिएको थियो । कार्यक्रममा  धना पौडेल र  मिना केसी द्धारा सहकारी सँग सम्वन्धित सचेतना मूलक स्वागत गित प्रस्तुत गर्नुभएको थियो।

single p2

साधारण सभाका प्रमुख वक्ता ब्रह्मकुमार विजयराज सिग्देलले सहकारीलाई केवल पैसा राख्ने र झिक्ने संस्थाका रूपमा मात्र बुझ्न नहुने बताउनुभयो। उहाँले सहकारीमार्फत सामाजिक तथा आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सकिने बताउनु भयो। सिग्देलले विगतमा मानिसहरू चौतारीमा बसेर छलफल र मनोरञ्जन गर्ने गरेको स्मरण गर्दै अहिले सामाजिक सञ्जालमा रमाउने प्रवृत्ति बढेकोले हामिले अब सोच्नुपर्ने बताउनुभयो।

संस्थाका अध्यक्ष गोविन्द सुवेदीले तीन दशकभन्दा लामो यात्रामा गण्डकी बचत तथा ऋण सहकारीले विभिन्न उतारचढाव, अवसर र चुनौती पार गर्दै वर्तमान अवस्थासम्म आइपुगेको बताउनुभयो। अध्यक्ष सुवेदीले सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ संस्था अघि बढिरहेको बताउनुभयो। सुवेदीले सस्थालाई अझ आधुनिक, प्रविधिमैत्री, पारदर्शी र सदस्य केन्द्रित संस्थाका रूपमा विकास गर्न आफूहरू निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक पोषणराज सुवेदी, सल्लाहकार वेदप्रसाद गौडेल, सदस्यका तर्फबाट लक्ष्मी पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।


साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन सहसचिव जयकृष्ण सापकोटाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष शकुन्तला न्यौपाने तिवारीले तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक विष्णुप्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाका अवसरमा उत्कृष्ट बाल बचतकर्ता तथा उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको थियो। त्यस्तै उत्कृष्ट सेवा केन्द्रका रूपमा स्वाभिमान सेवा केन्द्रलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीका रूपमा अमरापुरि सेवाकेन्द्रमा कार्यरत सरस्वती गौतमलाई सम्मान गरिएको संस्थाले जनाएको छ।  संस्थाका उपाध्यक्ष केदार नाथ न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको साधारण सभाको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले गर्नुभएको थियो।

साधारण सभाको अवसरमा सदस्यको स्वास्थ्यलाई लक्षित गरी क्यापिटल रिफ्रेन्स ल्याव प्रा लि को प्राविधिक सहयोग रहेको निशुल्क मधुमेह परिक्षण शिविरमा ३०० जनाले सेवा लिएका थिए  । सस्थाले प्रबर्धन गरेको लघु उद्यमलाई प्रोत्साहन गर्ने  सदस्यहरुको उत्पादन प्रर्दशनी तथा विक्रि स्टलहरू राखिएका थिए। संस्थाले युवा तथा महिला उद्यमशीलता कर्जा कार्यक्रम अन्तर्गत ४ दशमलव २५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको जनाएको छ। ६ वटा सेवा केन्द्र र एउटा मुख्य कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको गण्डकी बचत तथा ऋण सहकारीमा ३५ जना कर्मचारी रहेका छन् भने १७ हजार २ सय ७० भन्दा बढी शेयर सदस्य रहेको संस्थाले जनाएको छ।गैंडाकोट नरपालिका कार्यक्षेत्र रहेको संस्थाले हाल सम्म ४ पटक सम्म एक्सेस ब्राण्ड प्राप्त गरेको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3