single head

मौलाकाली इला रिसोर्टले पायो “थ्री स्टार”मान्यता

single post top 1

गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित मौलाकाली इला रिसोर्ट (इला होटल एन्ड रिसोर्ट) ले खाद्य स्वच्छता तथा गुणस्तरमा ऐतिहासिक सफलता हासिल गरेको छ। रिसोर्टले  कानुनी मापदण्ड, उच्च स्तरको सरसफाइ र खाद्य सुरक्षाका सूचकहरूलाई पार गर्दै ‘क वर्ग अन्तर्गत “थ्री स्टार” (अति उत्तम) को आधिकारिक मान्यता प्राप्त गरेको छ।

single p1

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, दमौलीका प्रतिनिधिहरूद्वारा गरिएको स्थलगत अनुगमन तथा विभिन्न सूचकहरूको सूक्ष्म मूल्याङ्कन पश्चात् रिसोर्टलाई यो प्रतिष्ठित स्टिकर प्रदान गरिएको हो।
खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यका अनुसार रिसोर्टले खाद्य स्वच्छता र गुणस्तरका मापदण्डहरूको पालना गर्दै स्तरीकरण मूल्याङ्कनमा कुल ९६ प्रतिशत अंक हासिल गरेको छ। सरकारी नियमानुसार ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने होटल तथा रिसोर्टहरूलाई मात्र ‘अति उत्तम (“थ्री स्टार”) को श्रेणीमा सूचीकृत गर्ने व्यवस्था छ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3