single head

गैंडाकोटमा महिलाको प्रजनन स्वास्थ्यबारे सचेतना

single post top 1

गैंडाकोट । गैंडाकोट नगरपालिका–४ मा महिलाको प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। ‘समान आवाज’ (Equal Voice) कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा स्थानीय महिला तथा किशोरी गरी करिब ४० जनाको सहभागिता रहेको थियो। द स्टोरी किचनको आयोजना, गैंडाकोट नगरपालिकाको नेतृत्व, कोडी इन्स्टिच्युट, क्यानडाको सहयोग तथा वडा नं. ४ को सहकार्य र समन्वयमा महिला समूहको भवनमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रजनन स्वास्थ्य, पाठेघरको मुखको क्यान्सरका कारण, लक्षण तथा रोकथामका उपाय, परिवार नियोजनका अस्थायी तथा स्थायी साधन, तिनको प्रयोग, फाइदा तथा सम्भावित जोखिमबारे जानकारी गराइएको थियो।

single p1

त्यस्तै, गर्भावस्थामा महिला तथा शिशुको स्वास्थ्यमा ध्यान दिनुपर्ने विषय, सन्तुलित पोषण तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या देखिएमा समयमै स्वास्थ्य संस्थाबाट परामर्श र उपचार लिनुपर्ने विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रममा सहभागी महिलाहरूले आफ्ना जिज्ञासा तथा अनुभव राखेका थिए। महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सही जानकारी प्रदान गर्दै आफ्नो स्वास्थ्यबारे निर्णय लिन सक्षम बनाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको अध्यक्षता गैंडाकोट–४ की महिला सदस्य धनमाया परियारले गर्नुभएको थियो।

single p2

गीता न्यौपानेले प्रशिक्षण तथा द स्टोरी किचनकी नवलपुर जिल्ला संयोजक नर्मदा पाण्डेले सहजीकरण गर्नुभएको थियो। ‘समान आवाज’ कार्यक्रमले सीमान्तकृत समुदायका महिला तथा किशोरीहरूको अधिकार, नेतृत्व विकास, स्वास्थ्य सचेतना र स्थानीय तहमा अर्थपूर्ण सहभागिता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3