spot_img

Thursday, June 4, 2026

आगामी तीन दिन मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो लहरको सम्भावना / सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह

जेठ २१,काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम तातो लहरको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले बिहीबार विशेष बुलेटिन जारी गरी बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी धनुषा, सिराहा र सप्तरीमा सतर्क रहन बताएको छ । यसैगरी, कञ्चनपुर, कैलाली, नवलपरासी, चितवन, सुनसरी, मोरङ र झापामा अद्यावधिक तथा सचेत रहन आग्रह गरेको छ ।  शुक्रबार र शनिबार कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने महाशाखाले जनाएको छ ।

पर्सी शनिबार कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा देशको तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म्को वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :