single head

जेष्ठ नागरिक वडा संघ गैडाकोट वडा नम्बर ६ द्धारा माताहरूलाई सम्मान

single post top 1

गैंडाकोट । जेष्ठ नागरिक वडा संघ गैंडाकोट वडा नम्बर ६ ले माताहरूलाई सम्मान गरेको छ। माता तीर्थ औंशी दिन शुक्रबार जेष्ठ नागरिक वडा संघ गैंडाकोट ६ को सभाहलमा  नगदसहित जेष्ठ आमाहरुलाई सम्मान गरेको हो।
८० वर्ष उमेर पुग्नु भएका २२ जना जेष्ठ आमाहरूलाई सम्मान गरिएको जेष्ठ नागरिक वडा संघ गैंडाकोट वडा नं ६ का अध्यक्ष भिमलाल शर्माले जानकारी दिनुभयो । जेष्ठ नागरिक संघले सबैको सुख दुखमा साथ दिने भएकोले माता तीर्थ औंशीमा पनि आमाहरूलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको अध्यक्ष शर्माले बताउनुभयो।

single p1

कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुभाष चापागाईंले जेष्ठ नागरिकको सल्लाह, सुझाव र मार्गदर्शनले नै हामी अगाडि बढेको बताउनुभयो । अध्यक्ष चापागाईंले जेष्ठ नागरिकलाई सम्मान गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो।

single p2

गैडाकोट वडा नम्बर ६ का निवर्तमान वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले माता तीर्थ औँसीमा मात्रै होईन आमाहरूलाई सधै सम्मान गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो। उहाँले अहिलेको अवस्थामा छोराछोरी सबै विदेशमा भएकोले दुःख पर्दा छिमेकी नै काम लाग्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा विसं २००२ साल चैत्र ३० गते सम्म उमेरका २२ जना जेष्ठ आमाहरूलाई सम्मान समेत गरिएको थियो।
जेष्ठ नागरिक वडा सँघ ६ का कोषाध्यक्ष दिननाथ कडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव बेलप्रसाद पौडेलले गर्नुभएको थियो।
कार्यक्रममा जेष्ठ नागरिक वडा संघका समिति ,जेष्ठ नागरिकहरू, बुद्धिजीवी ,समाजसेवीको उपस्थिति रहेको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3