spot_img

Wednesday, November 26, 2025

गैंडाकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

गैंडाकोट । गैंडाकोट नगरपालिकाले मंगलबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो । गैंडाकोट नगरपालिकाको आयोजना तथा आफन्त नेपालको सहकार्यमा एक कार्यक्रमकाबीच अन्तरक्रिया तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

adसार्वजनिक वा निजी जिवनमा लिङ्गको आधारमा कसै प्रति शारिरीक मानसिक वा यौनजन्य क्षति वा पीडा पुर्याउने कार्यलाई लैङ्गिक हिंसा हो । हिंसा विरुद्ध सबैले आवाज उठाउने सहभागिहरुले प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले विद्यालय स्तरीय तथा समुदायस्तरीय, पालिकास्तरीय विभिन्न कार्यक्रमहरू यस अभियानमा गरिने भन्दै उहाँले हिंसा न्यूनीकरणमा सबै मिलेर हातेमालो गर्दै अघि बढ्न आग्रह गर्नुभयो । हिंसा अन्त्य गर्न आफु सचेत बन्नुपर्ने र आर्थिक, मानसिक रुपमा पनि सबल बन्ने गरि काम गर्नुपर्नेमा उपप्रमुख कोइरालाले जोड दिनुभयो ।

त्यस्तै,  नगर प्रमुख मदनभक्त अधिकारीले अहिलेको समयमा समुदाय शिक्षित हुँदै गएको अवस्थामा समेत हिंसाका घटनाहरू बढ्नु , शिक्षित वर्गबाट नै हिंसा हुनु अनुसन्धानको विषय बनेको भन्दै उहाँले सरोकारवाला सबै मिलेर यस विषयमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयोे । प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे लगायत अन्य कर्मचारीहरुको उपस्थिती  रहेको कार्यक्रमको  स्वगत मन्तव्य तथा सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख राधा पौडेलले गर्नुभएको थियो ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :