single head

आज बालाचतुर्दशी ,शतबीज छर्ने दिन / देशभरका शिवालय मन्दिरहरुमा शतबीज छर्नेहरुको घुइँचो

single post top 1

मङ्सिर ३ काठमाडौँ । आज बालाचतुर्दशीको दिन देशभरका शिवालय र शिवमन्दिरहरुमा शतबीज छर्नेहरुको घुइँचो लागेको छ।

single p1

काठमाडौँको पवित्र पशुपती क्षेत्रमा हिजो साँझदेखि नै जाग्राम बसेर आज विहान शतबीज छर्नेहरुको घुइँचो लागेको हो ।यसैगरी, देवघाटमा पनि शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् ।

single p2

देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न आएका हुन् ।शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताउनुभयो ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3