spot_img

Wednesday, October 8, 2025

तिन प्रदेशमाआंशिक बदली , बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने

असोज २२,काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो कोशी , कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने छ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :