spot_img

Sunday, November 23, 2025

ट्रमा सेन्टर निर्माण सुरु भए सँगै जनताको स्वास्थ्य सेवा सहज, सरल हुने -डा. सशांक कोईराला

नवलपुर । नवलपरासी (बर्दघाट सूस्ता पूर्ब) देवचुली–१७ मा ट्रमा सेन्टरको निर्माणको काम सुरु भएको छ । जग्गाको भोगाधिकार प्राप्त भएको १ वर्ष पछि ट्रमा सेन्टरको निर्माणको काम सुरु भएको हो ।

मन्त्री परिषदको २०८१साउन १४ गते बसेको बैंठकले देवचुली नगरपालिका वडा नं १७ मा रहेको झराही सामुदायिक वनको २ हेक्टर जग्गामा ट्रमा सेन्टर बनाउन दिने गरि मन्त्री परिषदले भोगाधिकार दिने निर्णय गरको एक वर्ष पछि सघन सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरले ठेक्का आवह्वान गरेको थियो ।

ठेक्का प्रक्रियाबाट भरतपुरको बिबिएस जेभिले निर्माणको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख झपट थापाले बताउनु भयो  । १४ करोड ८२ लाख लागत अनुमान गरिएको योजना बिबिएस जेभिले प्रतिस्पर्धाका आधारमा १० करोड ३५ लाखमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का हात पारेको थियो ।

१८ महिनामा काम सम्पन्न गर्ने शर्तमा २०८२ असार ३० गते निर्माण कम्पनी बिबिएस जेभी भरतपुरसँग सम्झौता भएको प्रमुख थापाले बताउनु भयो। ।

ट्रमा सेन्टर निर्माण कार्यको सुरुवात भएसँगै नवलपरासी (बर्दघाट सूस्ता पूर्ब) क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सशांक कोईरालाको टिमले अवलोकन गरेका छन् ।
अवलोकन गदै माननीय डा.सशांक कोईरालाले जनताको स्वास्थ्य सेवा सहज, सरल र निःशुल्क पहुँचमा ल्याउनु हाम्रो प्राथमिकता रहेको बताउनुभयो । डा. कोईरालाले ट्रमा सेन्टर निर्माण कार्यको प्रारम्भ भएको सबैलाइ जानकारी गराउन पाउँदा अत्यन्त खुशी लागेको बताउनु भयाे। डा. कोईरालाले याे महत्वपूर्ण योजनामा सबैको साथ र समर्थन रहने विश्वास समेत लिएको बताउनु भयाे।  ।

नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा पहुँचमा ल्याउने यो महत्वाकांक्षी योजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ट्रमा सेन्टर सञ्चालनमा आएपछि दुर्घटना वा आकस्मिक अवस्थामा शीघ्र उपचार सम्भव हुनेछ र यसले सम्पूर्ण नवलपुरवासी मात्र नभई आसपासका जिल्लावासीलाई पनि ठूलो राहत पु¥याउनेछ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :