spot_img

Wednesday, July 8, 2026

अन्तराष्ट्रिय बाल दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइयो

नवलपुर । अन्तराष्ट्रिय बाल दिवस विहिबार विश्वभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । मानव अधिकार तथा शान्ति समाज नवलपुरद्वार गैँडाकोटको भृकुटी चोकमा बाल अधिकार सम्बन्धि विभिन्न नारा उल्लेखित व्यानर प्रदर्शनी गरी अन्तराष्ट्रिय बाल दिवस कार्यक्रम मनाएकाे छ । मानव अधिकार तथा शान्ति समाज नवलपुरका सभापति कमल शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय सचिव श्यामसुन्दर पराजुली, पूर्व जिल्ला अध्यक्ष माधवप्रसाद गौतम लगायत जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्य, बाल अधिकारकर्मी र बालबालिकाहरुको सहभागिता रहेको थियो ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाले अन्तराष्ट्रिय बाल अधिकार सम्बन्धि महासन्धि पारित गरेको थियो । साेही दिनकाे सम्झनामा हरेक बर्ष नाेभेम्बर २० मा अन्तराष्ट्रिय बाल दिवस संयुक्त राष्ट्रसंघकाे आव्हानमा मनाउँदै विश्वभर मनाउने गरिएकाे छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :