spot_img

Saturday, January 17, 2026

जेसीजका कार्यकारिणी उपाध्यक्षहरुको भेला सौराहामा हुने

चितवन (अजय पौडेल)।  नेतृत्व र व्यक्तित्व बिकासमा अग्रणी भुमिका निर्वाह गर्ने संस्था नेपाल जेसीज अन्तर्गत शाखाका कार्यकारिणी उपाध्यक्षहरुको भेला सौराहामा हुने भएको छ । यहि मंसिर ६ र ७ गते सौराहाको होटल चितवन पार्क भिलेजमा हुन लागेको कार्यक्रमकी कोर्डिनेटर एवं सौराहा जेसीज वर्ष २०२५ कि कार्यकारिणी उपाध्यक्ष शिल्पा बिडारीले जानकारी दिनुभयो ।

नेपाल जेसीज अन्तर्गत देशभर १८४ शाखा रहेका छन भने प्रत्येक शाखामा २ जना कार्यकारिणी उपाध्यक्षहरु रहने व्यवस्था रहेको छ । देशभरका शाखाहरुलाइ ४ वटा क्षेत्रमा विभाजन गरिएको छ । जेसीजमा एक ब्यक्ति एक पद र एक कार्यकाल हुन्छ भने कार्यकारिणी उपाध्यक्षहरुलाई शाखाको आगामी नेतृत्वको लागि उपयुक्त व्यक्तिको रुपमा हेर्ने गरिन्छ ।

जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्षहरुको पहिलो भेला बैशाखमा काठमाडौंमा भएको थियो भने सौराहामा हुन लागेको दोस्रो भेला हो । भेटघाट मात्र भन्दा पनि दीर्घकालीन सम्बन्ध विस्तारको रुपमा लिइएको भेलामा देशभरबाट आउने कार्यकारिणी उपाध्यक्षहरुलाई सौराहामा जंगल सफारी,थारु नृत्य,रत्ननगर जिरौनामा रहेको कृष्ण मन्दिर दर्शन संगै स्थानीय परिकारको स्वाद चखाउने तयारी गरिएको कार्यक्रमकी कोर्डिनेटर बिडारीले जानकारी दिनुभयो ।

नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशन यहि पुष ४ गतेदेखि ७ गतेसम्म जनकपुरमा हुँदैछ । त्यसको पुर्व सन्ध्यामा हुन लागेकाले पनि यस भेलालाइ महत्वका साथ हेरिएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :