spot_img

Wednesday, October 8, 2025

बिकुको ३५ औँ वार्षिकोत्सव तथा स्थापना दिवसमा डिजिटल पार्कको शुभारम्भ

गैंडाकोट । बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहिबार आफ्नो ३५ औँ वार्षिकोत्सव तथा स्थापना दिवस फरक तरिकाले मनाएको छ । एक्काइसौँ शताब्दी प्रविधि र सूचनाको युग भएकाले प्रविधिलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने सन्देशका साथ सहकारीले डिजिटल पार्कको शुभारम्भ गरेको हो ।

डिजिटल पार्कको सार्वजनिक एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के (लेनी)ले अनलाइनमार्फत गर्नुभएको थियो। संस्थाले विद्यार्थीहरुलाई लक्षित गरी रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलहरू समावेश गरी एप निर्माण गरेको हो । विकू डिजिटल पार्क रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलहरूको एउटा उत्कृष्ट गन्तव्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विशेष गरी यो शैक्षिक गेम हो । एपमा क्विज, आवज चिन्ने, तस्बिर चिन्ने, पज्जल गेमहरु समावेश छन् । एपले बालबालिकाहरुलाई अभिभावगसँग समेत साक्षत्कार गराउँदछ, पौडेलले अहिले एनड्रोइडमा मात्र उपलब्ध रहेको र केही समयपछि आईओएसमा समेत उपलब्ध हने बताउनुभयो ।

एसियाली ऋण महासंघकी प्रमुख. कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के (लेनी)ले विकुले उत्कृष्ट काम गर्दै आएको उल्लेख गर्दै डिजिटल पार्कले संसारभरका मानिसलाई जोड्ने मात्र नभई डिजिटल शिक्षा र वित्तीय शिक्षालाई जोडेर अघि बढ्न सहयोग गर्ने बताउनुभयो। विकूले एपलाई बिटम्याप आई.टी. सोलुसन प्रा.लि.सँग सहकार्य गरी निमार्ण गरेको हो ।

यसैगरी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यक्रममा विकुलाई सहकारी क्षेत्रको उदाहरणीय संस्था भएको उल्लेख गर्नुभयो। उहाँले विकुले सदस्यमैत्री र समुदायमैत्री कार्य गर्दै आएको प्रशंसा गर्नुभयो। सहकारीले बचत तथा ऋणसँगै सदस्यहरूलाई आयआर्जनका विभिन्न काममा सहयोग गर्दै आएको छ। डिजिटल पार्कमार्फत विकुले आगामी पुस्तासँग अझ नजिक भएर अघि बढ्ने अपेक्षा व्यक्त गरिएको छ। उहाँले विकूले सरकार राष्ट्रले गर्ने कतिपय काम गरिरहेको बताउनुभयो ।

यस्तै विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले विकू सफल हुनु भनेको सदस्य सफल हुनु भएको बताउनुभयो । समुदाय र सदस्यमैत्रि कार्यक्रम ल्याउन सदैब तत्पर रहेको उहाँको भनाइ छ । उहाँले सबैसँगको सहकार्य र समन्वयले अगाडी बढ्ने बताउँदै प्रबिधि र नयाँ पुस्तालाई समेत विकूले सँगै अगाडी बढाइरहेको बताउनुभयो ।


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी शिवजी सापकोटाले नेफ्स्कूनले विकूसँग नजिक रहेर काम गरेको २७ बर्ष बढि भएको बताउनुभयो । यो संस्था दिगो र सुरक्षित संस्था बनेको उहाँको बुझाई छ । विकू आथिृक कारोबारसँगै समाज, सदस्यको स्वास्थ्य र सुरक्षासँगै प्रबिधिमा पनि अग्रणी बनेर अगाडी आएको बताउनुभयो ।

जिल्ला बचत तथा ऋण सहकारी संस्था नवलपुरका अध्यक्ष बद्रीनाथ नेपालले विकू सहकारी २०४८ सालदेखि सुरु भएर आज सम्म सदस्यको हित र सदस्यका लागि बनेर काम गरिरहेको सहकारी भएको बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका आर्थिक तथा सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले विकू सहकारीको पाठशालाको रुपमा विकास भएको बताउनुभयो । विकू विश्वव्यापी रुपमा अगाडी बढेको र देशकै लागि गौरवमय सहकारी बनेको बताउनुभयो ।

विकू साकोसका संस्थापक अध्यक्ष खेमराज सापकोटाले २६ जना सदस्यबाट सुरु भएको विकू आज १ लाख ३० हजार बढि सदस्यको साझा चौतारी बनेको बताउनुभयो । विकूले नयाँ पुस्ता र प्रबिधिको युगलाई आत्मसात गर्दै सुरु गरेको डिजिटल पार्क उत्कृष्ट कार्य भएको बताउनुभयो ।

विकूका पूर्व अध्यक्ष इन्द्रराज ज्योति पौडेलले डिजिटल पार्कको सुरुवात गरेकोमा सफलताको शुभकामना दिनुभयो । यसले सबै नयाँ पुस्तालाई समेत जोड्ने बताउनुभयो । व्यवस्थापन र समितिको सफल कामले विकूलाई आजको अवस्थामा आउन सहयोग पु¥याएको बताउनुभयो ।

विजय सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले समयलाई चिन्ने समय अनुसार अगाडी बढ्ने सेयर सदस्य विकूमा रहेको बताउनुभयो । सहकारीका सिद्धान्त र बिधिलाई आत्मसात गरेर अगाडी बढ्नु नै विकूको बिशेषता भएकाले आजको यो अवस्थामा आएको उहाँको बुझाई छ ।

विकूका पूर्व उपाध्यक्ष यमुनाथ आचार्यले सहकारी शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । विकूले सबै सेयर सदस्यको मन जित्ने गरी काम गरेको समेत उहाँको भनाई छ ।

सामाजिक तथा आर्थिक रुपान्तरणमा अग्रणी विजय एफएमको प्रवर्धक विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज ३५ औं वार्षिकोत्सवमा साँझ सबै सेवा केन्द्रमा दीप प्रज्वलन कार्यक्रम गरिएको संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले जानकारी दिनुभयो ।

३५ औँ वार्षिकोत्सवका अवसरमा विकूले यस अघि वार्षिकोत्सवका अवसरमा रक्तदान,  वक्तृत्वकला प्रतियोगिता गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

३४ वर्षअघि स्थापना भएको विकु सहकारीले वित्तीय गतिविधिसँगै सामाजिक र गैर–वित्तीय क्षेत्रमा समेत योगदान पु¥याउँदै आएको छ। “खुसी एवं स्वस्थ सदस्य” भन्ने नारासहित सहकारीले आफ्ना सदस्यहरूको आर्थिक अवस्था सुधार मात्र नभई स्वास्थ्य र खुसीलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ।

वि.सं. २०४८ सालमा दैनिक ५० पैसाबाट बचत संकलन गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ अघि बढिरहेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :