spot_img

Wednesday, August 20, 2025

सुनको तोलामा १६ सय रुपैयाँले घट्यो / प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार

काठमाडौं –  बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि  प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँ घट्दै २२ सय ५५ रुपैयाँ कायम भएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :