कालिका नमुना माविका विद्यार्थीहरू द्धारा अपांग जीवन विकास संस्था गैडाकोटमा सहयोग

banner 5

साउन २६,गैडाकोट । कालिका नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले अपांग जीवन विकास संस्था गैडाकोटलाइ सहयोग गरेका छन् । सोमबार विद्यालयका कक्षा सात र आठमा पढ्ने ६० जना विद्यार्थीहरूले अपागं जीवन बिकास संस्था गैडाकोट १ मा गइ नगद सहयोग गरेका हुन्। विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र आफूसँग केही भएमा सहयोगको पर्खाइमा रहेकालाई सहयोग गर्नुपर्छ भन्ने भावना जगाउनका लागि विद्यालयले विभिन्न कार्यक्रम गर्ने गरेको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले बताउनुभएको छ ।

विद्यालयका कक्षा सात र आठमा अध्ययन गर्ने  विद्यार्थीहरुले  आफै सहयोग रकम उठाएर नगद ६००० रुपैयाँ सस्थालाइ  सहयोग गरेको विद्यालयका शिक्षक सबिता अधिकारी सुबेदीले जानकारी दिनुभएको छ।  बालबालिकाले गरेको सहयोग रकमबाट उनीहरूको जीवनयापनमा सहयोगी हुने विद्यालयका शिक्षक शिब अधिकारीले बताउनु भयो ।

Article Inline 2

विद्यार्थीहरूलाई समाज र समाजप्रतिको उत्तरदायित्व बुझाउनका लागि विद्यालयले सहयोगी संस्थाहरू सँगसँगै विद्यार्थीलाई लिएर सहयोग गर्ने गरेको विद्यालयले जनाएको छ। यसरी आफूसँग भएको केही रकम अपांग जीवन विकास संस्थामा सहयोग गर्न पाउँदा विद्यार्थीहरू खुसी भएका छन्।

यस्तै विद्यार्थीहरू आएर सहयोग गर्दा निकै खुसी लागेको अपांग जीवन विकास संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले बताउनुभएको छ। विद्यालय र परिवारले बालबालिकालाई सहयोग र जीवनसँग सम्बन्धित भाव सिकाउनुपर्नेमा कालिका नमुना माध्यमिक विद्यालयले यो कदम चालेकोमा सापकोटाले विद्यालयलाई धन्यवाद दिनुभएको छ।  अपांग जीवन विकास संस्थामा अपांग, मनोरोगी लगायतका सहारा विहीन बालबालिकाहरू रहेका छन्।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :