spot_img

Tuesday, July 15, 2025

एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा नेपाल प्रवेश

काठमाडौँ । घरेलु टिम मलेसियाविरुद्ध ९ विकेटको जित निकाल्दै नेपाली युवा टिम एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार  सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९१ रनको झिनो लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रन बनाए । यस्तै, शिवान्स बजगाईंले २३ रन थपे । मलेसियाका नागिनेस्वरण साथनाकुमारनले १ विकेट लिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३।१ ओभरमा सबै विकेट गुमाएर ९० रनको योगफल तयार पारेको हो ।मलेसियाका मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । यादवले १० ओभरमा १५ रन मात्र खर्चिए । यस्तै, १० ओभरमा ४ मेडन राख्दै १२ रनमात्र खर्चेर सुभम खनालले तीन विकेट लिए । कप्तान विपीन शर्मा र सचिन भट्टले समान १ विकेट लिए ।
नेपालले अब उपाधिका निम्ति हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार