single head

ढवाह तालको १० औ स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाई

single post top 1

गैडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोटले ढवाहताल परिसर वरिपरीको क्षेत्रमा वृक्षारोपण तथा सरसफाई गरेको छ।
ढवाह तालको १० औ स्थापना दिवसको अवसरमा नन्दन सामुदायिक वन उपभोक्ता समूहभित्र रहेको ढवाह ताल परिसरमा आइतबार विभिन्न जातका फलफूल,जडिबुटि तथा डाले घाँसका बिरुवा लगाईएको छ र ढवाहताल परिसर वरिपरीको क्षेत्रमा सरसफाई  समेत गरेको छ । ताल वरिपरीको क्षेत्रमा धुपी, आँप,कपुर,चेरि,लिची,मसला, कटहर,अम्बा र कागती लगायतका करिब २०० वटा बिरुवा रोपिएका छन्।

single p1

सब डिभिजन वन कार्यालय गैंडाकोटका फरेस्टर दिनेश केसीले समुहले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ यस्ता कार्यक्रमले ढवाहतालको परिचय र महत्व बढ्ने बताउनु भयो । समुहले अघिल्लो बर्ष रोपेका बोट बिरुवाहरु के कस्ता अबस्थामा छन यदि मरेका भए त्यो ठाँउमा अर्को बिरुवा रोप्नु पर्छ र रोपिएका बिरुवालाई संरक्षण गर्नु हाम्रो दायित्व हुने फरेस्टर केसीले बताउनु भयो । उहाँले भन्नुभयो “ढवाहताल निर्माण एकैचोटि सबै सम्पन्न हुने होइन कर्मिक रुपमा गर्दै जाँदा एउटा आकारमा आउने हो त्यो आकार आइसकेको छ अब पर्यटकिय क्षेत्रको रुपमा अगाडि बढाउनु पर्छ ।

single p2

समूहका पूर्व अध्यक्ष घनश्याम कँडेलले बनको बिधान र ऐनले दिएको अनुसार काम गर्दा हाम्रो बजेटले काम गर्न सकिदैन किनकी बन नियम अनुसार जहाँ जहाँ तोकिएको हुन्छ हामिले तेहि खर्च गर्नुपर्ने हुन्छ आफु खुशि काम गर्न नपाईने बताउनु भयो । ढवाह तालमा शुरुवातमा काम गर्दा धेरै दुख भोगेका थियौ र अहिले यो अबस्थामा तालले आफ्नो आकार लिँदै गएकोमा कँडेलले खुसी व्यक्त गर्नुभयो।

त्यस्तै समूहका निवर्तमान अध्यक्ष बालकृष्ण गौडेलले यो ढवाहताल निर्माण गर्ने क्रममा शुरुवात देखि बाट नै झाडि भाड्ने,मिलाउने काम हामिहरुले नै गरेका हौ, काम निरन्तर भइराखेको छ, अब यसलाई संरक्षण गर्नु र सरसफाई गर्नु हाम्रोे दायित्व हो भन्नु भयो ।

समूहको अध्यक्ष हरिमाया अधिकारीले भन्नुभयो “अग्रज नेतृत्वले यस ढवाहताल निर्माणको अबधारणा ल्याएर सुरुवात गरी हुर्काउँदै बढाउदै अहिले १० औ बर्षको अवस्थामा आएकोमा  अग्रज नेतृत्वलाई धन्यवाद दिन चाहन्छु। अध्यक्ष अधिकारीले ढवाह ताललाई संरक्षण गरेर कर्मिक रुपमा काम गर्दै जाँदा एउटा आकारमा आइसकेको छ अब यहाँ डुंगा चलाएर समुहको आम्दानि बढाउनुका साथै पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर यस ठाँउलाई चिनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा समूहका कार्यसमितिहरु ,समाजसेवी व्यक्तित्व ,धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
समूहको उपाध्यक्ष नरजंग रानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समूहको सचिव कमला शर्माले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3