single head

नन्दन सामुदायिक वन उपभोक्ता समूहले ढबाहा ताल क्षेत्रमा वृक्षारोपणको सुरुवात गर्यो

single post top 1

गैंडाकोट । नवलपरासी पूर्व गैंडाकोटमा रहेको नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६ ,८ र ९ ले विश्व वातावरण दिवसको अवसरमा ढबाहा ताल क्षेत्रमा कल्पवृक्षको रुख रोपि वृक्षारोपणको सुरुवात गरेको छ ।

single p1

वृक्षारोपण कार्यक्रममा गैडाकोट नगरपालिकाका संस्थापक नगरप्रमुख छत्रराज पौडेलले नेपाल सरकारले जलाधार क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो। पौडेलले जलवायु परिवर्तनको असर विश्वव्यापी परिरहेको छ, उच्च हिमाली शिखर अन्तर्गत रहेका मुलुकहरू जलवायु परिवर्तनको असरले अत्यन्त जोखिममा रहेको बताउनुभयो ।
संस्थापक नगरप्रमुख पौडेलले भन्नुभयो हामीले जुन उद्देश्यका साथ पानीको सिन्चित होस भनेर महासंघको अध्यक्ष हुँदै गर्दा कम्तिमा पनि एक सामुदायिक वन तीन वटा जलाधार क्षेत्र बनाउनुपर्छ भनेर सुरुवात गर्दै गर्दा यो ढवाह तालको सुरुवात भएको हो ।

single p2


गैडाकोट नगरपालिका अन्तर्गत २३ वटा सामुदायिक वन मध्ये कम्तिमा पनि सात वटा सामुदायिक वनले एक एक वटा जलाधार क्षेत्र निर्माण गरिरहनु भएको छ उहाँले भन्नुभयो ।
समूहको अध्यक्ष हरिमाया अधिकारीले पृथ्वीमा प्राणी छन ,हावापानी छ ,माटो छ,रुख छ तर सबै चिज गएर वातावरणसँग जोडिएको हुन्छ यही वातावरणकै कारणले हामी जीवित छौं यसमा अन्य प्राणी भन्दा मानव प्राणी चेतनशील प्राणी भएको हुनाले यो संरक्षण गर्ने दायित्व मानवहरूको भएको बताउनुभयो।


हामीले कल्पवृक्षको बिरुवा रोपेर ,सरसफाई गरेर विश्व वातावरण दिवस मनाएका छौ उहाँले भन्नुभयो । आजबाट वृक्षारोपण अभियानको सुरुवात मात्र गरेका छौ अगामि दिनमा विभिन्न ठाउँहरूको छनोट गरेर वृक्षारोपण गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।
वृक्षारोपण सुरुवात कार्यक्रममा सव डिभिजन वन गैडाकोटका प्रमुख सुभाष अधिकारी ,समूहका पूर्व अध्यक्ष घनश्याम कँडेल, निवर्तमान अध्यक्ष बालकृष्ण गौडेल, ,समूहका कार्यसमितिहरु ,समाजसेवी व्यक्तित्व ,धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3