spot_img

Friday, November 14, 2025

चितवनमा खुल्यो फेबर प्लाटिनम स्टुडियो

जेठ १५,चितवन । चितवनमा फेबर प्लाटिनम स्टुडियो शुभारम्भ भएको छ । बिहीबार एक कार्यक्रमकाबीच पारस बसपार्क भरतपुरमा रहेको फेबर प्लाटिनम स्टुडियोको शुभारम्भ गरिएको हो ।

शो रुमको भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गर्नुभयो । सो क्रममा वडाध्यक्ष खनालले फेबर अहिलेको समय सापेक्ष उत्पादन भएको बताउनुभयो । उहाँले शो रुमको सफलताको कामना पनि गर्नुभयो ।

चितवनमा शुभारम्भ भएको फेबरको यो १३ औं प्लाटिनम स्टुडियो हो । काठमाडौंमा सात तथा, कोशी प्रदेशमा तीन तथा पोखरा, बुटवल र भरतपुरमा तीन गरी फेबर प्लाटिनम स्टुडियोको संख्या १३ पुगेको छ । नेपालमा युएचएस होल्डिंग्स प्रालिले इटालियन ब्राण्ड फेबरको सामानहरु आयात गरेर वितरण गर्दै आएको छ । फेबरले चिम्नी, ओभन, डिशवाशरलगयातका सामानहरु उत्पादन गर्दै आएको छ ।

युएचएस होल्डिंग्सका सेल्स डिरेक्टर नवराज कार्कीले नेपाली ग्राहकहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै देशभर १३ वटा प्लाटिनम स्टुडियोहरु विस्तार गरिएको जानकारी दिए । युएचएस होल्डिंग्सले नेपालमा बिगत १० वर्षदेखि फेबरको सामान बिक्री गर्दै आएको छ । उहाँले बजारमा उपलब्ध किचनका सामानहरुमा फेबरको उत्पादन सबै भन्दा गुणस्तरीय रहेको दाबी गर्नुभयो । यही कारण नेपाली बजारमा फेबर अहिले धेरैको रोजाइमा पर्दै गएको उहाँको भनाइ थियो ।

यसले आफ्ना उत्पादन तथा प्रविधिको कारण अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै अव्बल स्थान बनाएर औेद्योगिक सफलता प्राप्त गरिरहेको उहाँले बताउनुभयो । चितवनमा पनि यसले बजार लिईहेको फेबर चितवनका सञ्चालक धुर्व भुसालले बताउनुभयो । विश्व बजारमा ७ प्लान्टसहित प्रमुख ६ देशहरु इटाली, स्वीडेन, फ्रान्स, टर्की अर्जेन्टीना र छिमेकी मुलुक भारतमा समेत यसले उत्पादन गर्दै आएको छ ।

सन् २००५ मा स्थापित युएचएस होल्डिंग्स प्रालि नेपालमा निर्माण सामग्री, मोड्युलर किचनलगायतको आयातकर्ता र वितरकको रुपमा स्थापित रहेको छ । युएचएस होल्डिंग्सले आवासीय र व्यावसायिक दुवै क्षेत्रलाई सेवा प्रदान गर्दै आएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :