single head

गैंडाकोटमा भएको आधारभूत स्तरीय चित्रकला प्रतियोगितामा समीक्षा ढकाल प्रथम

single post top 1

जेठ १५, गैंडाकोट । गैंडाकोटमा भएको आधारभूत स्तरीय चित्रकला प्रतियोगितामा समीक्षा ढकाल प्रथम हुनुभएको छ।

single p1

नेपाली कांग्रेस वडा नम्बर ५ कार्यसमितिको आयोजनामा बिहिबार बीपी स्मृति भवन गैंडाकोटमा भएको १७ ओै गणतन्त्र दिवस को अवसरमा आधारभूत स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा जनक नमुना माविकी छात्रा समीक्षा ढकाल प्रथम हुनुभएको छ। त्यसैगरी विजय सामुदायिक शिक्षा सदनका छात्र प्रतिक सापकोटा द्वितीय हुनुभएको छ। यसैगरी प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदनकै छात्रा प्रभा शर्मा तृतीय हुनुभएको छ। विजेतालाई नगद सहित सम्मान गरिएको नेपाली कांग्रेस गैंडाकोट वार्ड नं ५ का सभापति लक्ष्मण कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीले नेपाली कांग्रेस गैंडाकोट ५ वडाले बालबालिकाको लागि विभिन्न किसिमका कार्यक्रम गरिरहेको र यस्तै किसिमका कार्यक्रमबाट आत्मसन्तुष्टि मिल्ने बताउनुभयो।

single p2

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य ओम प्रसाद सापकोटाले प्रतियोगिताले बालबालिकाहरूलाई आफ्नो काम प्रति भएको रुचि अझै बढेर जाने बताउनुभयो।

चित्रकला प्रतियोगितामा गैंडाकोट वार्ड नम्बर ५ भित्र रहेका तीनवटा विद्यालय बाट ५/५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। गैंडाकोट ५ भित्र विजय सामुदायिक शिक्षा सदन ,शाइनिङ आवासीय मावि र जनक नमुना मावि रहेका छन्। प्रतियोगिताको निर्णायकमा नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा चित्रकार भीमप्रसाद शर्मा र नारायण सापकोटा रहनुभएको थियो ।

प्रतियोगितामा गैंडाकोट वडा नम्बर ५ कार्यसमितिका सचिव दीपक ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण वडा उपसभापति विष्णुप्रसाद गौतमले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3