single head

गैंडाकोटमा भएको निशुल्क आँखा शिविरबाट १ हजार ७ सय ५२ जना लाभान्वित

single post top 1

जेठ १० गैडाकोट  ।  गैंडाकोटको कालिका माध्यमिक विद्यालयमा भएको २ दिने निशुल्क आँखा शिविरबाट १ हजार ७ सय ५२ जना लाभान्वित भएका छन् । शनिबार भएको बृहत निःशुल्क आँखा शिविरबाट ३ सय ५२ जना लाभान्वित भएका छन् भने शुक्रबार १४ सय बढिले चेकजाँच गरेका थिए । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र कालिका नमुना मावि गैंडाकोटको सहकार्यमा निःशुल्क आँखा परीक्षण शिविर भएको हो ।

single p1

शुक्रबार पहिलो दिनको कार्यक्रममा कालिका नमुना माविका १४ सय विद्यार्थीहरुको आँखा परिक्षण गरिएको छ । ५१ जना विद्यार्थीहरुलाई चश्मा वितरण गरिएको तथा १२ जना विद्यार्थीहरुलाई थप परिक्षणका लागि अस्पताल रिफर आँखा अस्पतालका प्राविधिकले जानकारी गराउनुभएको छ ।

single p2

शनिबार दोस्रो दिन बिहान १० बजेदेखि नै स्थानियबासीको उत्साहजनक सहभागिता रहेको आँखा परिक्षण कार्यक्रममा बेलुकी सम्म ३ सय ५२ जना सहभागी हुनु भएको थियो । परिक्षणका क्रममा निशूल्क औषधी वितरण एवं आवश्यक भएकालाई भरतपुर आँखा अस्पतालमा रिफर गरिएको थियो ।

कार्यक्रमबाट कुल १ हजार ७ सय ५२ जना आँखा परिक्षणबाट लाभान्वित हुनु भएकोमा १७ जनाले निःशूल्क शल्यकृयाको सेवा प्राप्त गर्नुभएको छ । जसमा जेष्ठ नागरिकहरुको संख्या उल्लेख्य रहेको  किसान साकोसका प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

समृद्ध सदस्य, दिगो साकोसको परिकल्पना अनुरुप अगाडी बढेको किसान साकोसले, समुदाय आधारीत एवं विद्यार्थी लक्षित कार्यक्रमहरु विभिन्न समयमा गर्दै आईरहेको छ । कार्यक्रमले स्थानिय बालकदेखी जेष्ठ नागरिक सम्म सबैलाई सेवा दिने मौका प्रदान गरेको यस कार्यक्रमलाई सफल गराउन सहभागी हुनुभएका विद्यालय परिवार, आँखा अस्पताल एवं प्राविधिक साथीहरु तथा उपस्थित किसान साकोसका संचालक समिति सदस्यहरु लगाएत सबैमा  किसान साकोसका अध्यक्ष भोजराज पौडेलले धन्यबाद व्यक्त गर्नुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3