single head

बुद्ध एयरको ७२ सिटे जहाजले गर्यो काठमाडौँ-भरतपुर परीक्षण उडान

single post top 1

जेठ ८ चितवन। बुद्ध एयरको ७२ सिटे जहाजले बिहीबार काठमाडौँ-भरतपुर परीक्षण उडान गरेको छ।

single p1

काठमाडौँबाट उडेको एटिआर-७२ जहाज बिहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको थियो।धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो। बुद्ध एयरसँग ४२ सिटका जहाज २ वटा छन्। तीमध्ये एउटा सेप्टेम्बर पछि चलाउन मिल्दैन। त्यसपछि पनि उडानलाई नियमित बनाउन एटिआर-७२ को परीक्षण गरिएको हो।

single p2

बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले साना जहाज मात्रै चलिरहेको अवस्थामा छिट्टै ठुलो जहाज पनि सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए। अनुमति प्राप्त गरे लगत्तै नियमित उडान सुरु गर्ने उहाँले बताउनुभयो।नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहा निर्देशक देवचन्द्र लाल कर्णले परीक्षण उडानसँगै अब एटिआर-७२ जहाजले यहाँ नियमित उडान गर्न सक्छ कि सक्दैन भनेर विश्लेषण गरिने बताए। ‘आज जहाजले विमानस्थलको दुवैतर्फबाट ल्यान्ड र उडान गर्‍यो।

आँखाले हेर्दा त्यो सफल पनि देखियो। तर उडानको क्रममा दुई पाइलटका बिचमा भएका कुरा, इन्जिनले कस्तो काम गर्‍यो, ब्रेकिङ एक्सन कतिको लियो लगायतका सबै कुराको फ्लाइट डाटा रेकर्डको विश्लेषण गरेपछि बल्ल नियमित उडानको बारेमा निर्णय लिन सकिन्छ। आजको परीक्षण उडान प्राविधिक रुपमा सफल भयो कि भएन त्यसपछि नै भन्न सकिन्छ,’ उनले भने, ‘प्रक्रिया सकिन करिब एक महिना समय लाग्न सक्छ।’ यो जहाजको क्षमता ७२ जना यात्रु बोक्न सक्ने भए पनि भरतपुर-काठमाडौँ उडानको क्रममा कति यात्रु बोक्न सक्छ भन्ने कुरा त्यही समयको मौसमले निर्धारण गर्ने कर्णले बताउनुभयो।

उक्त जहाजका पाइलट क्याप्टेन प्रमोद थापाले काठमाडौँ-भरतपुर उडान सहज रुपमा भएको जानकारी दिनुभयो।
भरतपुर विमानस्थलको धावनमार्ग १२ सय मिटर लामो छ। विमानस्थलको बिस्तार गर्ने प्रयास लामो समयदेखि भइरहे पनि प्रक्रिया सुस्त भइरहेको छ। बिहीबार परीक्षण उडान गरिएको जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्न सक्ने अनुमान गरिएको बुद्ध एयरका भरतपुर स्टेसन म्यानेजर बस्नेतले बताउनुभयो।

श्री एयरले पनि ८० सिट क्षमताको जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्दै आएको थियो। करिब १ महिना देखि श्री एयरको उडान हुन सकेको छैन।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3