spot_img

Tuesday, July 15, 2025

गैडाकोटमा एकदिने विषय विशेषज्ञ डाक्टरद्वारा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ८ गैडाकोट । नवलपरासी पूर्व गैडाकोटमा एकदिने विषय विशेषज्ञ डाक्टरद्वारा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिक, अबको आवश्यकता प्राकृतिक चिकित्सा’लाई महत्व दिदैँ  गैँडाकोट नगरपालिका वडा नं. ११ स्थित बगैँचा पार्टी प्यालेसमा एक दिवसीय कार्यक्रम भएको छ। कार्यक्रमको सभापतित्व सरस्वती आचार्यले गर्नुभएको थियो।

ज्येष्ठ नागरिकहरूको स्वास्थ्य र सम्मानका लागि आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि मदनभक्त अधिकारीले ज्येष्ठ नागरिकहरूप्रति नैतिक, आर्थिक, भावनात्मक र सामाजिक रूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं ११, १२, र १३ का ८८ देखि ९७ वर्ष उमेर समूहका चारजना ज्येष्ठ नागरिकहरू तुलसीराम गौडेल, रामचन्द्र कँडेल, बसुन्धरा पाध्या र थिरनाथ अधिकारीलाई सम्मान गरिएको थियो। उनीहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा प्राकृतिक चिकित्सालय रजहरका आजाद पुरीले योग र प्राकृतिक उपचारको पद्धति, खानपिन, दैनिक जीवनमा के के गरियो भने हामि स्वस्थ हुन सकिन्छ भन्ने विषयमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सचेतना सम्बन्धी जानकारी गराउनुभएको थियो । मनो चिकित्सक स्मिता न्यौपानेले ज्येष्ठ नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धी जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।

 

गैँडाकोट नगरपालिकाको महिला तथा बालबालिका शाखाको समन्वयमा आयोजित कार्यक्रममा नगर समितिका कोषाध्यक्ष चन्द्रदत्त जैसीको पनि उपस्थिति थियो। कार्यक्रममा कुल २३२ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा आर्थिक सहयोग गैँडाकोट नगरपालिकाले गरेको थियो। कार्यक्रममा स्वागत मन्तव्य नगर ज्येष्ठ नागरिक अध्यक्ष मुक्तिनाथ न्यौपानेले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नगर सदस्य लिलाधर पोख्रेलले गर्नुभएको थियो।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार