spot_img

Wednesday, May 21, 2025

सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता सकारात्मक रुपमा अघि बढेको-शिक्षामन्त्री रघुजी पन्त

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरुबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ।
मंगलबार राति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घसँगबीच भएको वार्ता सकारात्मक दिशामा अघि बढेको मन्त्री पन्तले जानकारी दिनुभएको हो ।
 शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उहाँले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ ।
शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता हिजो राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो ।
वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो । साथै महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको थियो।
सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच आज पुनः वार्ता हुनेछ । शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।।
कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार