spot_img

Wednesday, May 21, 2025

सुनको मूल्य तोलामा रु ७०० ले घट्यो / प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार

  वैशाख १७, काठमाडौँ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ ।

मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार