spot_img

Wednesday, May 13, 2026

फराकिलो जितका साथ एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

चितवन । फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनलमा भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मी कुमारी घिसिङले ह्याट्रिकसहित ४-४ गोल गरे ।

प्रिती राई, सबिता राना मगर र गीता रानाले एक-एक गोल गरे । चार गोल गरेकी अनिता केसी प्लेयर अफ दि म्याच भईन् । उनले १० हजार रुपैयाँ प्राप्त गरेकी छन् । यससँगै जारी प्रतियोगितामा एपिएफले दुई खेलमा २० गोल गरिसकेको छ ।

एपिएफले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बिहीबार रौतहट फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा जारीप्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :