single head

वीपी स्मृति कप :आज उपाधिका  लागि देवचुली नगरपालिका र हुप्सेकोट गाउपालिका बीच प्रतिस्पर्धा हुने

single post top 1

फागुन १४ गैँडाकोट (नबिन सुबेदी)।  गैँडाकोटमा जारी वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल खेलमा आज देवचुली नगरपालिका र हुप्सेकोट गाउपालिका बीच प्रतिस्पर्धा हुने भएको छ ।

single p1

गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा पर्ने गैंडाकोट खेलकुद समितिको गैँडाकोट क्षेत्रीय रंगशालामा आज बुधबार उपाधिका  लागि दिउसो २ बजे देवचुली नगरपालिका र हुप्सेकोट गाउपालिका भिड्ने भएका हुन्

single p2

यस अघि मंगलबार देवचुली नगरपालिकाले विनयी त्रिवेणी गाउपालिकालाई ५ गोल गर्दै विजयी भएको हो  । विनयी त्रिवेणी गाउँपालिकाले  १ गोल गर्न सफल भएको थियो  । सेमी फाइनलको खेलमा देबचुलीको तर्फबाट सुमन आलेले ३ गोल गर्दै ह्याट्रिक गरेका थिए भने , हिमान्शु घर्तिमगर र विवस श्रेष्ठले १ /१ गोल गरेका थिए  । खेलमा सुमन आले म्यान अफ दि म्याच भएका थिए  ।

ग्रामिणस्तरका खेलाडीहरुको पहिचान गरि राष्ट्रिय स्तरका खेलहरुका लागि खेलाडीको क्षमता विकास गर्ने उद्देश्यका साथ  नेपाली काँग्रेस गैंडाकोट नगर समितको आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख रुयैयाँ नगद , शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धितीय हुने समूहलाई ५० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्तालाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र साथै सर्वोत्कृष्ट गोल रक्षकलाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र, उत्कृष्ट डिफेन्सलाई नगद रु ५,०००।- समेतको व्यवस्था समेत रहेको छ। प्रत्येक दिनको खेलमा प्लेयर अफ दि म्याच घोषणा गरि नगद रु १,००० ट्रफी प्रदान गरिने  प्रतियोगिताका संयोजक रमेश तिवारीले बताउनुभयो ।

वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगितामा नवलपुरका ८ वटा पालिकाले सहभागी जनाएका छन । प्रतियोगितामा स-प्रायोजक समाजसेबी व्यक्तित्व तिलक गैरेले रहनु भएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3