spot_img

Saturday, March 22, 2025

सुन प्रतितोला पाँच सय रुपैयाँले बढ्यो / प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार

फागुन १३  काठमाडौँ ।  नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुनको मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।

  • -advertisement-

सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार नौ सय ७०मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार