single head

लेबनानमाथि अमेरिकी नियन्त्रणलाई हिजबुल्लाह द्धारा अस्वीकार

single post top 1

 फागुन ११ बेरुत । हिजबुल्लाहका प्रमुखले आइतबार लेबनानमाथि अमेरिकी नियन्त्रणलाई अस्वीकार गरेका छन् । इजरायलसँगको युद्धमा इरान समर्थित समूह कमजोर भएपछि पश्चिम निकट मानिएको नयाँ लेबनानी नेतृत्व आएको छ ।

single p1

“हामी अत्याचारी अमेरिकालाई हाम्रो देशमाथि नियन्त्रण गर्न दिन स्वीकार गर्दैनौँ”, नईम कासिमले बेरुतको एक स्टेडियममा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको अन्त्येष्टिमा उपस्थित दशौँ हजार मानिसलाई सम्बोधन गर्दै टेलिभिजन मार्फत भन्नुभयो, “तपाईंहरूले युद्धमा जे प्राप्त गर्न सक्नुभएन, त्यो राजनीति मार्फत प्राप्त गर्न सक्नुहुन्न ।”

single p2

कासिमले दुई महिनाको पूर्ण युद्धसहित एक वर्षभन्दा बढीको शत्रुतालाई अन्त्य गर्ने नोभेम्बरको हिजबुल्लाह–इजरायल युद्धविरामका बावजुद सशस्त्र समूह अझै बलियो रहेको र इजरायलसँग जुध्न तयार रहेको जोड दिनुभयो ।

“प्रतिरोध समाप्त भएको छैन, प्रतिरोध अझै पनि छ र इजरायलको सामना गर्न तयार छ”, उहाँले भन्नुभयो ।

यस महिनाको सुरुमा मध्यपूर्वका लागि अमेरिकी उप विशेष दूत मोर्गन ओर्टागसले ‘हिजबुल्लाहको आतङ्कको शासनको अन्त्य’ घोषणा गर्दै समूह ‘इजरायलद्वारा पराजित’ भएको बताउनुभएको थियो ।

“यी अमेरिकीहरूलाई चिन्नुहोस्, यदि तपाईंले अधिकारीहरू र लेबनानलाई दबाब दिने प्रयास गर्नुभयो भने, तपाईं आफ्नो लक्ष्यहरू प्राप्त गर्न सक्षम हुनुहुने छैन, लेबनानका अधिकारीहरूलाई शक्तिको सन्तुलन थाहा छ”, कासिमले भन्नुभयो, “प्राथमिकताहरू मूल्याङ्कन गर्दा हाम्रो धैर्य र बुद्धिलाई कमजोरीका रूपमा व्याख्या नगर्नुहोस् ।”

लेबनानको राजनीतिमा लामो समयसम्म प्रभावशाली शक्ति रहेको हिजबुल्लाहले इजरायलसँगको युद्धमा आश्चर्यजनक क्षति बेहोरेको थियो । युद्धमा तीन दशकभन्दा बढी समयका यसका नेता नसरल्लाह सेप्टेम्बरमा भएको ठूलो हवाई आक्रमणमा मारिएका थिए ।

हिजबुल्लाहले डिसेम्बर ८ मा सिरियामा बशर अल–असदको पतनसँगै अर्को ठूलो धक्का खायो । सिरियालाई उसले लामो समयदेखि इरानबाट हतियारको लाइफलाइनको रूपमा प्रयोग गर्दै आएको थियो ।

दुई वर्षभन्दा बढीको राजनीतिक गतिरोधपछि, हिजबुल्लाह कमजोर हुँदा वासिङ्टनको रोजाइको उम्मेदवार मानिएका पूर्व सेना प्रमुख अउनलाई राष्ट्रपति र नवाफ सलामलाई प्रधानमन्त्रीको रूपमा अनुमोदन गर्न सम्भव भयो ।

उहाँले समूहले नसरल्लाहको ‘मार्ग पछ्याइरहने, हामी तपाईंको इच्छालाई कायम राख्नेछौँ”, उल्लेख गर्दै भन्नुभयो, “तपाईं अझै हामीसँग हुनुहुन्छः तपाईंको मार्ग र सङ्घर्ष हामीभित्र जीवित छ ।”  रासस,एएफपी

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3