फागुन ०८ गैँडाकोट । गैँडाकोटमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को विहीबार समुद्घाटन गरिएको छ । विहीबारको पहिलो खेलमा हुप्सेकोट गाउँपालिका र बुलिङटार गाउँपालिकाबीच प्रतिष्पर्धा भएको थियो । बुलिङटारलाई ४–० गोलले पराजित गर्दै हुप्सेकोट गाउँपालिका विजयी भएको छ ।
हुप्सेकोटका तर्फबाट यमप्रसाद बुढामगरले २ गोल, विशन खाम्चा मगरले १ गोल र मिसन सोती मगरले १ गोल गर्नुभएको थियो । विहीबारको खेलमा यमप्रसाद बुढामगर म्यान अफ दि म्याच घोषित हुनुभएको छ । शुक्रबारको खेलमा मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाबीच दिउँसो २ बजे प्रतिष्पर्धा हुनेछ । गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा पर्ने गैंडाकोट खेलकुद समितिको गैँडाकोट क्षेत्रीय रंगशालामा खेल हुनेछ ।
ग्रामिणस्तरका खेलाडीहरुको पहिचान गरि राष्ट्रिय स्तरका खेलहरुका लागि खेलाडीको क्षमता विकास गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले बताउनुभयो । नवलपुरका ८ वटा पालिकाले प्रतियोगितामा सहभागी जनाएका छन ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख रुयैयाँ नगद , शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धितीय हुने समूहलाई ५० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्तालाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र साथै सर्वोत्कृष्ट गोल रक्षकलाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र, उत्कृष्ट डिफेन्सलाई नगद रु ५,०००।- समेतको व्यवस्था समेत रहेको छ। प्रत्येक दिनको खेलमा प्लेयर अफ दि म्याच घोषणा गरि नगद रु १,००० ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक रमेश तिवारीले बताउनुभयो ।