single head

पोखरामा बेलुन पड्किदा अर्थमन्त्री र मेयर घाइते,दुबैको काठमाडौमा उपचार हुदै !

single post top 1

पोखरा ,गण्डकी । पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन प’ड्किँदा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा मेयर धनराज आचार्य घाइते भएका छन्। बत्ती बाल्ने क्रममा बेलुन प’ड्किएपछि दुवै जनाको अनुहार र शरीरमा आ’गोको लप्काले ज’लेको हो। घाइते दुवै जनालाई उपचारका लागि सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो  कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उनीहरूको उपचार सुरू गरिएको अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जानकारी दिएका छन।उनका अनुसार अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन भएको छ। अनुहारमा जलन भएकाले दुवै जनालाई उच्च निगरानीमा उपचार गरिएको निर्देशक नकर्मीले जानकारी दिए। अनुहारको जलनले स्वासनली र फोक्सोमा समेत असर पर्नसक्ने भएकाले उच्च सावधानी अपनाइएको डाकटरले बताएका छन ।

single p1

 

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3