single head

आर्थिक सहयोगको लागी गैंडाकोटका मुकुन्द चालिसेको अपिल !

single post top 1

गैंडाकोट । गैडाकोट नवलपुर का युवा मुकुन्द चालिसे ले आफ्नी ३३ बर्षिय श्रीमती भगवती चालिसे को उपचारार्थ सहयोगको लागि एक भिडियो सन्देश मार्फत सबैमा अपिल गरेका छन I

single p1

बाग्लुङ जन्म घर भै हाल नवलपुर जिल्ला गैंडाकोट नगरपालिका ६ निवासी चालिसे दक्षिण कोरियामा कामदार भिषामा लामो समय देखि कार्यरत थिए । उनको दोश्रो कार्यकालका लागि कोरिया फर्किदा उनले आफ्नो श्रीमतीलाई आश्रित भिषामा लगि सन २०२२ देखि एकैसाथ कोरिया बस्दै थिए । कोरिया प्रवेश गरेको करिब डेढ महिना पनि नबित्दै उनकी श्रीमती अचानक मुर्छित भएको र अस्पताल लगिएपछि उनलाई टाउकोमा ट्युमर र चौथो चरणको क्यान्सर भएको पत्ता लागेको थियो । २०२३ मा ब्रेन ट्युमर हटाउन र क्यान्सर निर्मुलिकरणको लागि गम्भीर शल्यक्रिया गरियो ।

single p2

कोरिया प्रवेशको छोटो समयमै बिमाको दर्ता नहुदैको अवस्था भएकोले अस्पतालको बिल निक्कै ठूलो आएको तथा नजिकका साथीहरुले अभियान चलाउने सुझाव दिँदा समेत नमानी चालिसेले ऋण धन गरि करोडौंको बिल आफै भुक्तानी गरेको भिडियो सन्देशमा बताएका छन ।

तत्पश्चात निरन्तरको उपचार र परीक्षणले उनलाई आर्थिक रूपमा अत्यन्त कमजोर बनाएको र उनको श्रीमती भगवतीको उपचार जारी रहिरह्दा आर्थिक अभावले उपचारलाई निरन्तरता दिन गाह्रो भैरहेको हुँदा सहयोगका लागि अपिल गर्नुपरेको सन्देशमा उल्लेख गरिएको छ ।

चालिसेकी श्रीमती यतिबेला नेपाल घरमै उपचारार्थ छिन ** आर्थिक सहयोगको लागी अपिल **उपचारार्थ भगवती चालिसे बचाउ अभियान** नाममा यतिबेला नवलपुर समाज दक्षिण कोरियाले अभियान नै संचालन गरेको छ त्यो अभियान मार्फत सहयोगी मन हरु जोडिरहने क्रम जरि छ त्यसका अतिरिक्त ब्यक्तिगत सम्पर्क मार्फत पनि सहयोग गर्ने क्रम बढिरहेको छ यश आर्थिक संकलन कार्यमा जोडिन चाहने सहयोगी मनहरुका लागि विभिन्न सम्पर्क माध्यम हरु समेत उपलब्ध गराइएको छ तसर्थ यस जटिल समयमा मुकन्द र उनको परिवारलाई सबैको सहयोग र साथको अत्यन्त आवश्यकता देखिएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3