spot_img

Wednesday, June 10, 2026

ओम शान्ति एकेडेमीले तीन दिनसम्म कार्यक्रम गरी वार्षिकोत्सव मनाउने

माघ २८,चितवन। चितवनको भरतपुर–१० कटहरचोकस्थित ओम शान्ति एकेडेमीले तीन दिनसम्म कार्यक्रम गर्दै भव्य रुपमा वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले माघ २९ देखि फागुन १ गतेसम्म विद्यार्थीहरुबीच विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो ।

विद्यालयका प्राचार्य टेकबहादुर श्रेष्ठले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुले आफूमा भएको प्रतिभा सामूहिक रुपमा प्रस्तुतीकरण गर्ने भएकाले तीन दिने कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागिएको बताउनुभयो । विद्यार्थीहरुले लोक संस्कृति, भेषभूषा आदि प्रदर्शन गर्नुका साथै शैक्षिक प्रदर्शनी, चित्रकला तथा हस्तकला प्रदर्शनी र स्काउट गतिविधि प्रस्तुत गर्ने श्रेष्ठले बताउनुभयो । तीनै दिनसम्म विद्यार्थी र शिक्षकहरुले बनाएको शैक्षिक सामग्री समेत प्रस्तुत गरिने श्रेष्ठको भनाइ छ ।

विद्यार्थीहरुबीच व्यक्तिगत कुनै पनि प्रस्तुती नहुने भन्दै उहाँले माघ २९ गते कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुको प्रस्तुती रहने बताउनुभयो । त्यस्तै माघ ३० गते कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको प्रस्तुती रहने तथा फागुन १ गते कक्षा ४ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुको प्रस्तुती रहने जानकारी दिनुभयो । सो अवसरमा विद्यार्थीहरुद्वारा नृत्य, सांगीतिक कार्यक्रम, गायन, नाटकलगायत प्रस्तुती राख्ने बताइएको छ ।

विद्यालयमा करिब दुई हजार विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयले विशेष समारोहका बीच फागुन १ गते बिहान १०ः३० बजे वार्षिकोत्सव कार्यक्रमको समापन गर्ने जनाइएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :